Comments Add Comment

कविता-मधेस-हिमाल जोडि नेपाल देउ

राकेश कार्की
Rakeshकुर्सी धेरै खाली छन्
जो छन् खालि गाली छन्
कसैका भुत्ला पलाउछन्
कोही पुत्ला जलाउछन्
संविधानसभामा पस्दा
कुकुर र बिराला जस्ता
पाकिसक्यो कान
ए सांसद! खै संविधान

कुर्सीको निम्ति द्वन्द छ
धम्किले सधैँ बन्द छ
मै खाउ मै लाउ मात्र छ
जनता बेवास्ताको पात्र छ
न जातपात देउ न मदेस देउ
नेपालीलाई एउटै देश देउ
न पहाड देउ न हिमाल देउ
मदेस-हिमाल जोडि नेपाल देउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment