Comments Add Comment

प्रचण्ड र बाबुरामभन्दा केपी ओली ‘पपुलर’

२ माघ काठमाडौं । एमाले अध्यक्ष केपी ओली सामाजिक सञ्जालमा लोकप्रिय बनेका छन् । प्रधानमन्त्री बन्नुअघि एमाओवादी नेता डा. बाबुराम भट्टराईको लोकप्रियता जस्तो थियो, अहिले ओलीको लोकप्रियता त्यसैगरी ह्वात्तै बढेको छ ।

KP Oli

अनलाइनखबरले तपाई ओलीको पक्षमा हुनुहुन्छ कि विपक्षमा ? भनेर लिएको जनमतमा ओलीको समर्थनमा ७४.६ प्रतिशत मत देखिएको छ । ओलीलाई मन नपराउनेहरु २२.७५ प्रतिशत देखिएका छन् ।

मानिसहरु या त ओलीको पक्षमा छन्, या त विपक्षमा । तर, ओलीको विषयमा पक्षधरता नलिने जनमत ३ प्रतिशत पनि छैन ।

अनलाइनखबरले ओलीको जनमत मागेको केही घण्टामै फेसबुक पेजमा १५ सय कमेन्ट आएका थिए । ती कमेन्टमध्ये अत्यधीक मतहरु ओलीको समर्थनमा छन् । फेसबुक पेजमा २५ सय भन्दा बढी कमेन्ट ओलीको पक्षमा आएका छन् ।

बुधबार साँझसम्म अनलाइनअखबरमा पोष्ट भएका २०८ कमेन्टमध्ये ओलीको पक्षमा ७४.६ प्रतिशत मत देखिएको हो ।
एकताका नेपालको राजनीतिक एमाओवादी अध्यक्ष प्रचण्डकै वरिपरि घुम्थ्यो । सामाजिक सञ्जालमा या त प्रचण्डको विरोध हुन्थ्यो, या त समर्थन । प्रचण्डप्रति न्युट्रल जनमत कमै पाइन्थ्यो । अहिले ओलीको हकमा पनि त्यस्तै देखिएको छ ।

मानिसहरु या त ओलीको चर्को विरोधमा छन्, या त समर्थनमा । मध्यम वर्गीय तत्कामा ओलीका समर्थकहरु ह्वात्तै बढेका छन् । सामाजिक सञ्जालमा आएको प्रतिक्रियाले यस्तै देखाउँछ ।

KP-Oli-and-Prachand

एमाओवादी अध्यक्ष प्रचण्डको पनि सामाजिक सञ्जालमा चर्चा त हुन्छ, तर उनको विरोधमा जनमत बढ्न थालेको छ ।

गत कात्तिकमा अनलाइनखबरले प्रदेशको बहसमा तपाई केपी ओलीको पक्षमा कि प्रचण्डको ? भनेर लिएको जनमत सर्वेक्षणमा ओलीलाई प्रचण्डले झिनो मतले जितेका थिए । तर, अब प्रचण्डको तुलनामा ओली लोकप्रिय देखिन थालेका छन् ।

लामो समयको राजनीतिक अस्थिरता, प्रचण्डले गरेको मधेसी मोर्चा र जनजातिसँगको सहकार्य अनि नेपाललाई जातीय आधारमा विभाजित गरिनुहुन्न भन्ने मतका कारण ओली लोकप्रिय हुन थालेको देखिन्छ ।

तर, फेसबुक र ट्विटरले मात्रै लोकप्रिय बनाएर हुँदैन भन्ने उदाहरण डा. बाबुराम भट्टराई आफैं हुन् । प्रधानमन्त्री बन्नुपूर्व सामाजिक सञ्जालमा बाबुराम सबैभन्दा लोकप्रिय नेता मानिन्थे तर अहिले बाबुरामको लोकप्रियताको ठाउँ ओलीले लिन थालेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले हौसिन किन आवश्यक छैन भने सामाजिक सञ्जालमा देखिएको भर्चुअल लोप्रियतासँगै उनीविरुद्ध जनजाति र मधेसी समुदायमा ध्रुवीकरण तीव्र बनिरहेको छ । आफ्नै देशका जातीय समुदायहरु असन्तुष्ट बन्दै जो र प्रायः विदेशमा रहेर नेपालको राजनीतिप्रति टिप्पणी गर्ने पुस्ताले मात्रै ओलीलाई मन पराएर उनको राजनीति बलियो हुन सक्दैन ।

तर, आफूप्रति ह्वात्तै बढेको लोकप्रियतालाई बचाउन ओलीले संयमित हुन र सबै वर्गसमुदायप्रति सन्तुलित हुन आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment