Comments Add Comment

त्रिकोणात्मक वान डेमा अष्ट्रेलियाको विजयी सुरुवात

२ माघ, काठमाडौं । भारत र इंग्ल्याण्डसहितको त्रिकोणात्मक वान डेमा आयोजक अष्ट्रेलियाले विजयी सुरुवात गरेको छ ।

शुक्रबार भएको पहिलो खेलमा घरेलु टोलीले इंग्ल्याण्डबिरुद्ध ३ विकेटको जित हात पारेको छ ।

ओपनर डेभिड वार्नर चम्किएपछि अष्ट्रेलियाले इंग्ल्याण्डद्वारा प्रस्तुत २३५ रनको लक्ष्य ३९.५ ओभरमै ७ विकेटको क्षतिमा भेट्टायो ।

११५ बलको सामना गरेका वार्नरले १८ चौकासहित १२७ बनाए भने स्टिभ स्मिथले ३७ रन जोडे । इंग्ल्याण्डका क्रिस वोक्सले ४ विकेट लिए । क्रिस जोडर्न र मोइन अलीले समान १-१ विकेट लिए ।

यसअघि सिड्नी क्रिकेट ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ४७.५ ओभरमा २३४ रन बनाउँदा सबै विकेट गुमायो ।

उसका लागि कप्तान इयोन मोर्गानले १२१ बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेखनीय योग्दान दिन सकेनन् । इंग्ल्याण्डका तीन जना ब्याट्सम्यानहरु सुन्यमै पभेलियन फर्किएका थिए ।

इंग्ल्याण्डका ब्याट्सम्यानहलाई सस्तैमा पभेलियन फर्काउने क्रममा मिचेल स्र्टाकले ४ तथा जेम्स फोकनरले ३ विकेट लिए ।

अष्ट्रेलियाले आइतबार भारबिरुद्ध मेलबर्न क्रिकेट ग्राउन्डमा खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment