Comments Add Comment

मिस नेपालको आवेदन खुल्यो

miss-nepal-2014
काठमाडौं । मिस नेपाल प्रतियोगितामा सहभागी भएर ताज हात पार्न चाहने सुन्दरीका लागि खुसीको खबर । २० औं संस्करणको मिस नेपाल २०१५ को आवेदन खुलेको छ ।

१९ देखि २४ वर्ष उमेरका प्लस टु उत्तिर्ण युवतिले प्रतियोगितामा भाग लिन पाउने छन् । प्रतियोगिताका लागि मुलकभरका युवतिले भाग लिनसक्ने गरि आवेदन खुल्ला गरिएको आयोजक संस्था हिडन ट्रेजरले जनाएको छ ।

प्रतियोगितामा भाग लिन चाहने युवतिले फागुन १६ गतेसम्म फारम भरी छ हप्ते तालिममा सहभागी हुनुपर्ने छ । उक्त तालिममा बन्यजन्तु तथा प्राकृतिक संरक्षण र महिलाहिंसा बिरुद्ध प्रशिक्षण गराईने भएको छ ।

मिस नेपाल सुविन लिम्बुले मिस नेपालको ताज आफ्नो जीवनकै अभुतपूर्व अनुभुति रहेको धारणा राखिन् । ताज हस्तान्तरण गर्नुपर्दा नरमाइलो लागे पनि नयाँ पुस्तालाई जिम्मेवारी सुम्पन पाउदा खुसी लागेको उनको भनाई थियो ।

हिडन टे्रजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले विराटनगर, धरान, पोखरा, चितवन, बुटवल, बीरगञ्ज, नेपालगञ्ज जस्ता शहरमा मिस नेपाल छनौटको कार्यक्रम गर्ने बताए ।

मिस नेपाल हुनेले १ लाख, मिस नेपाल अर्थ हुनेले ६० हजार र मिस नेपाल इन्टरनेशनलले ४० हजार रुपैयां नगद पुरस्कार पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment