Comments Add Comment

हामबर्गको पोष्टमा बार्यन म्युनिखको आठ गोल

Thomas Muller celebration

३ फागुन, काठमाडौं । जर्मन लिग बुन्डेसलिगामा लिग लिडर बार्यन म्युनिखले हामबर्गमाथि गोलको वर्षा गरेको छ ।

शनिबार राति भएको खेलमा बार्यन म्युनिखले हामबर्गलाई ८–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान एलिनाज एरिनामा पहिलो हाफमा तीन गोल गोल गरेको बार्यनले दोस्रो हाफमा पाँच गोल गरेको थियो । उसका पाँच खेलाडीले गोल गरे ।

२१ औं मिनेमा थोमस मुलरले गोलको खाता खोले । त्यसको दुई मिनेटमा नै मारियो गोट्जेले गोल गरे । ३६ औं मिनेटमा आर्जेन रोबिनले गोल गरेपछि बार्यन म्युनिख पहिलो हाफमा तीन गोलको अग्रता लिन सफल भयो ।

Bastian Schweinsteiger and Arjen Robben enjoy a cheeky celebration after the Dutchman fired home his second of the game

एक पक्षीय खेलको दोस्रो हाफको ४७ औं मिनेटमा रोबिनले ब्यक्तिगत दोस्रो गोल गरे भने ५५ औं मिनेटमा मुलरले पनि दोस्रो गोल गरे ।

त्यसको एक मिनेट वित्न नपाउँदै रोबर्टो लेभान्डोस्कीले गोल गर्दै बार्यनलाई ६–० को अग्रता दिलाए । ६९ औं मिनेटमा फ्राङ्क रिबेरी तथा ८८ औं मिनेटमा गोट्जेले गोल गर्दै बार्यनलाई ८–० को जित दिलाए ।

जितपछि बार्यन म्युनिख २१ खेलबाट ५२ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको वेल्फबर्गको समान खेलबाट ४४ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment