काठमाडौं । गोदरेजको पिज्जा तथा कवाव बनाउने माइक्रोवेभ ओभन नेपाली बजारमा भित्रिएको छ ।
चौधरी समुहको सिष्टर कम्पनी इओएल प्रालीले गोदरेज होम अप्लायन्स नेपालमा बिक्री वितरण गर्दै आएको छ । भारतीय बजारमा सक्सेस भएपछि ओभन नेपालमा भित्राएको कम्पनीले जनाएको छ ।
कम्पनीले विभिन्न सोलो, गि्रल, कन्भेक्सन र पिज्जा तथा कवाव मेकर गरी ४ मोडलका ओभनहरु नेपालमा बिक्री सुरु गरेको हो । भारतीय बजारमा यी ओभनले राम्रो सफलता हासिल गरेको कम्पनीको दाबी छ ।
बजारमा २० लिटरको सोलो ओभन ८ हजार ३ सय ९०, गि्रल ओभन १० हजार २ सय ९०, २३ लिटरको कन्भेक्सन ओभन १६ हजार ५ सय ९० रुपैयाँ र २५ लिटरको पिज्जा तथा कवाव मेकर २७ हजार २ सय ९० रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।
विशेषताहरु
पिज्जा तथा कवाव मेकर माइक्रोवेभ ओभनमा २०१ इन्स्टाकुक मेनु, अटो प्रोटेक्सन, गि्रल रक, ५ पावर लेभल, स्टिनलेस स्टील क्याभेटी, मल्टीस्टेज कुकिङ, एक्स्प्रेस कुकिङ, वेट डिफरेष्ट, जेट डिफरेष्ट, चाइल्ड लक लगायतका विशेषताहरु रहेका छन् ।