Comments Add Comment

हृवावेको विन्टर प्रमोशनः घट्यो तीन वटा स्मार्टफोनको मूल्य

१४ मंसिर, काठमाडौं । विन्टर प्रमोशनको हिस्सा स्वरूप हृवावेले अाफ्नाे तीन वटा सबैभन्दा चर्चित बजेट स्मार्टफोनहरू वाई फाइभ लाइट, नोभा टु लाइट तथा वाई नाइन २०१९ को मूल्य घटाएको छ ।

क्यामेरा सेटअप, आकर्षक र बेग्लै डिजाइन र समग्र परमर्फमेन्सका लागि परिचित यी स्मार्टफोनहरूले प्रयोगकर्ताहरूबाट सकारात्मक प्रतिक्रिया पाइसकेको कम्पनीको भनाइ छ ।

यो अफर थप डिस्काउण्टसहित बजेट स्मार्टफोनहरू खोजिरहेका ग्राहकहरूका लागि सबैभन्दा उपयुक्त हुने हृवावेले भनेको छ ।

यी तीनवटै स्मार्टफोनहरू वास्तविक मूल्य भन्दा झण्डै २ हजार रूपैयाँ कममा उपलब्ध रहेका कम्पनीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

अाफ्ना ग्राहकहरू प्रतिको जिम्मेवारी पूरा गर्दै कम्पनीलाई थप उचाइँमा पुर्‍याउन यो एक्सक्लुसिभ अफर ल्याएको र हृवावेको लोकप्रियता निरन्तर बढिरहेको कम्पनी बताउँछ ।

वाई फाइभ लाइटः रु १३,९०० बाट रु. ११, ९९०

यसअघि१३,९०० रुपैयाँ भएको पहिलो एन्ड्रोइड गो डिभाइस अब मात्र रुपैयाँ ११, ९९० मा उपलब्ध गराइएको जनाइएको छ ।  यो स्मार्टफोन एन्ड्रोइड गो प्लाटर्फममा संचालन हुन्छ जुन एन्ट्री लेभल फोनहरूमा अप्टिमाइज्ड स्टक एन्ड्रोइड एक्सपिरियन्स दिने गर्दछ ।

यो फोनमा लाइटर भर्सन एपहरू, अझ राम्रो सुरक्षा तथा व्यवस्थापन छ । यो फोनमा एलईडी लाल्ससहितको ८ एमपी रियर क्यामेरा र १४४०x७२० रेजलुसनसहितको ५.४५ एचडीको डिस्प्ले रहेको छ । यसमा मिडिया टेक एमटी ६७३९ प्रोसेसर रहेको छ । साथै यसमा १६ जिबीको स्टोरेज र ३०२० एमएच ब्याट्री छ ।

नोभा टु लाइटः रु २३,९०० बाट रु. २१, ९९०
यो फोनको मूल्य २३,९०० बाट २१, ९९० रुपैयाँमा झारिएको छ । यो फोनमा एचडीसहितको १४४०x७२० रेजलुसनसहितको ५.९९ इन्चको आइपीएस एलसीडी भएपनि यो फोन हलुंगो छ ।

यसमा डुअल क्यामरा सेटअप, एफ /२.२ एपर्चरसहितको १३ एमपी लेन्स र दुई एमपी डेप्थ सेन्सर रहेको छ । साथै यसमा ८ एमपीको सेल्फी क्यामेरा छ । अन्य विशेषताहरूमा रियर माउण्टेड फिंगरपि्रन्ट सेन्सर, ३ जिबी र्या म र ३२ जिबी आन्तरिक स्टोरेज र छुट्टै माइक्रो एसडी कार्ड स्लट रहेको छ ।

यसमा १. ४ जीएचजेड कोरटेक्स ए ५३ छ साथमा ३००० एमएच ब्याट्रीसहितको माइक्रो यूएसबी र एन्ड्रोइड ८. ० र ईएमयूआई ८. ० रहेको छ ।

वाई नाइन २०१९ः  ३४, ९०० बाट रु ३१, ४९०

हृवावे वाइनाइन २०१९ एकदमै उत्कृष्ट स्मार्टफोन हो र आइफोन एक्सएस म्याक्स स्ट्यान्डर्ड भएको फोन मानिन्छ । यसमा फूलएचडी सहितको १०८०x२३४० पिक्सल रेजलुसन छ र यसमा १९ः५ः९ एस्पेक्ट रेसियो रहेको छ ।

वाइनाइन २०१९मा हाइसिलिकन किरिन ७१० चिपिसेट छ । यसमा प|mन्ट र ब्याकइन्ड दुवैमा गरी डुअल क्यामेरा सेटअप छ ।  रियर प्यानलमा १६ एमपी+ २ एमपी तथा १३ एमपी र २ एमपीको क्यामेरा छ । दुवै साइडमा सेकेण्डरी क्यामरा रहेको छ ।

यस फोनमा ४ जिबीको र्याीम र ६४ जिबी अनबोर्ड स्टोरेज र माइक्रो एसडी कार्ड स्लट राख्ने ठाउँ पनि छ । ४०० जिबीसम्मको मेमोरी कार्ड यसमा राख्न सकिन्छ ।

अन्य विशेषताहरूमा रियर माउण्टेड फिंगरप्रिन्ट, एक्सेलेरोमिटर, जिप्रो, प्रोक्सिमिटी र कम्पास सेन्सरहरू रहेका छन् । यसमा ४००० एमएचको ब्याट्री पनि छ । यो स्मार्टफोन कालो, नीलो र बैजनी रंगमा उपलब्ध छ ।

हृवावेले विश्वव्यापी स्मार्टफोन बजारमा दोस्रो स्थान हासिल गरिसकेको छ र भविष्यमा सबैभन्दा लोकपि्रय स्मार्टफोन ब्रान्ड बन्न चाहन्छ ।

सन् २०१७ मा नोभा सिरिज सार्वजनिक गरेदेखि र नोभा टु आई को कीर्तिमानी व्यापारसँगै एउटा कोसेढुंगा नै कायम गर्न सफल भएको कम्पनीकाे दाबी छ ।

चारवटा क्यामेरा र फूल भ्यू डिस्प्ले भएको स्मार्टफोनले स्मार्टफोनहरूको दुनियाँमा नयाँ स्तर पक्कै पनि ल्याएको छ । हृवावेका नोभा थ्री र नोभा थ्री आई विश्वकै पहिलो २४ एमपी फोर एआई क्यामेरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment