+
+
Shares

शिवम् सिमेन्टद्वारा ‘लक्ष्मी हातमा, देव दर्शन शिवमका साथमा’ योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ५ गते १२:४३

६ पुस, काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले आफ्ना ग्राहकहरुलाई लक्षित गरेर “लक्ष्मी हातमा देव दर्शण शिवम्का साथमा”नयाँ योजना बजारमा ल्याएको छ ।

शिवमले हरेक वर्ष आफ्ना ग्राहकहरुलाई लक्षित गरि कदर स्वरुप नयाँ योजनाहरु बजारमा ल्याउदै आइरहेको छ, जसलाई यस वर्ष पनि निरन्तरता दिई “लक्ष्मी हातमा देव दर्शण शिवम्का साथमा’ नामक नयाँ योजना बजारमा ल्याएको हो।

यो योजना सिमित अवधिका लागि नेपाल अधिराज्यभरि लागू गरिएको छ। यस योजना अन्तर्गत प्रत्येक १० बोराको खरिदमा एउटा कुपन प्राप्त गर्न सकिन्छ। उक्त कुपनको स्क्र्याच गर्ने भागमा स्क्र्याच गरि २.५ ग्रामदेखि १० ग्राम सुनको सिक्का वा रु. १०० देखि रु. १००० सम्मको नगद पक्का जित्न सकिनेछ । नगद पुरस्कार तुरन्तै वितरकबाट प्राप्त गर्न सकिनेछ भने, सुनको लागि ९८०१११४६५८ मा सम्पर्क गरि नजिकको वितरक वा शिवम् सिमेन्टको शाखा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।

गोसाईकुण्ड हेलिकप्टर यात्राको लागि कुपनको अर्घकट्टीमा आफ्नो नाम, ठेगाना र मोबाइल नम्बर स्पष्ट रुपमा लेखि लक्की–ड्र बक्समा हाल्नु पर्नेछ । लक्की–ड्र गरी संकलित कुपनहरु मध्येबाट विजेताहरु चयन गरिने कम्पनीले जानकारी दिएकाे छ ।  विजेताहरुको हकमा कुपनमा उल्लेखित मोबाइल नम्बरलाई मात्र मान्यता दिईनेछ र उक्त मोबाइल नम्बर बाहकलाई मात्र पुरस्कार प्रदान गरिनेछ।

शिवम् सिमेन्ट लिमिटेडले ‘नो कमप्रोमाइज’को नारा सहित विभिन्न क्षेत्रहरु जस्तै शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जन जस्तो क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।

सन् २००९ मा नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?