+
+
Shares

पार्टीलाई राष्ट्रिय शक्ति बनाउने संकल्प असाधारण नीति हो : ओली

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १६:३१
Listen News
0:00
0:30
🔊

४ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय शक्तिको रुपमा पार्टीलाई रुपान्तरण गर्नु अहिलेको र्कानीतिक गन्तव्य भएको बताएका छन् ।

नवनिर्वाचित केन्न्द्रीय कमिटीको पहिलो बैकलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताएका हुन् ।

ओलीले महाधिवेशनबाट राष्ट्रिय निर्णायक शक्तिका रुपमा एमालेलाई अघि सार्ने संकल्प दोहोर्‍याएको भन्दै यसलाई लिएर गाउँ टोलमा पुग्न केन्द्रीय कमिटीका सदस्यहरूलाई आग्रह गरे ।

‘हामीले निर्णायक राष्ट्रिय शक्तिका रुपमा नेकपा एमालेलाई निकाल्नुपर्नेछ । त्यो महाधिवेशनमार्फत हामीले यो संकल्प दोहोर्‍याएका छौं । यो असाधारण हाम्रो नीति हो । संकल्प हो,’ उनले भने ।

साथै, उनले उक्त गन्तव्यमा प्राप्त गरिछाड्ने अठोट लिएको पनि उनले सम्बोधनको क्रममा बताए ।

‘हामीले यसलाई आफ्नो एउटा यस्तो गन्तव्य बनाएका छौं । जसले हाम्रो उद्देश्य पूरा गर्छ । अहिलेको कार्यनीतिक निर्णायक राष्ट्रिय शक्तिको रुपमा एमालेलाई रुपान्तरण गर्नु अहिलेको कार्यनीतिक गन्तव्य हो । यसलाई प्राप्त गरिछाड्ने अठोट हामीले लिएका छौं,’ ओलीले भने ।

‘हामी जबजलाई सिर्जनात्मक ढंगले कार्यान्वयन गर्दै विकसित गर्दै अगाडि बढ्छौं । हामी यो लिएर गाउँ गाउँ, टोल टोल र बस्ती बस्तीमा फर्कनेछौं,’ ओलीले भने, ‘पार्टी एमालेका विरुद्ध विरोधीहरू धेरै छन् । उनीहरूले चिताउनुसम्म अहित चिताएका थिए, चिताइ रहेका छन् । र चिताउनेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?