+
+
Shares

म बिनाको एमाले बनाउने सपना ध्वस्त भयो : अध्यक्ष ओली

जेनजी आन्दोलनबाट सत्ताच्यूत भएका ओलीले पार्टी महाधिवेशनले अध्यक्षमा चुनेसँगै आफ्नो उपदेयता नसकिएको प्रष्ट भएको दाबी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १९:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आफू बिनाको एमाले बनाउने चाहना ध्वस्त भएको बताएका छन्।
  • ओलीले पार्टी प्रतिनिधिले आफूलाई तेस्रो कार्यकालमा अध्यक्षमा निर्वाचित गराएर षड्यन्त्रविरुद्ध जवाफ दिएको तर्क गरेका छन्।
  • उनले भने, \'केपी ओली बिनाको एमाले भन्ने प्रतिक्रियावादीहरूको चेष्टा ध्वस्त पार्नुभएको छ, म तपार्इंंहरूलाई धन्यवाद भन्न चाहन्छु।\'

३ पुस, काठमाडौं । नेकपा एमाले नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आफू बिनाको एमाले बनाउने चाहना ध्वस्त भएको बताएका छन् ।

पार्टीका प्रतिनिधिले एघारौं महाधिवेशनबाट पुन: अध्यक्षमा आफूलाई तेस्रो कार्यकालका लागि निर्वाचित गरेसँगै ओली बिनाको एमाले बनाउने चाहना ध्वस्त भएको बताएका हुन् ।

आफूलाई पार्टीको नेतृत्वबाट हटाउन भइरहेको षड्यन्त्रविरुद्ध अध्यक्षमा विजयी गराएर पार्टी प्रतिनिधिले जवाफ दिएको उनको तर्क छ ।

जेनजी आन्दोलनबाट सत्ताच्यूत भएका ओलीले पार्टी महाधिवेशनले अध्यक्षमा चुनेसँगै आफ्नो उपदेयता नसकिएको प्रष्ट भएको दाबी गरेका छन् ।

उनले भने, ‘मेरो बारेमा अनेक प्रकारका शक्तिहरू, विभिन्न प्रकारका भ्रम फिजाउने, मनोवैज्ञानिक आतंक, त्रास, अनेक प्रकारका जालझेल, षड्यन्त्र, तिकडम यी सबै कामहहरू गरिरहेका छन्, फेरि पनि तपाईंहरूले मलाई ति सबै भ्रमहरूलाई, ति सबै षड्यन्त्रहरू, तिनका सबै कूचाहनाहरूलाई जवाफ दिनुभएको छ, केपी  ओली बिनाको एमाले भन्ने जुन प्रतिक्रियावादीहरूको चेष्टा थियो त्यसलाई ध्वस्त पार्नुभएको छ, म तपाईंहरूलाई धन्यवाद भन्न चाहन्छु ।’

रातभर जागराम बसेर पनि मतदानमा सहभागी भएको भन्दै उनले महाधिवेशन प्रतिनिधिहरूलाई धन्यवाद दिए ।

पार्टीको नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा २२६३ कूल मतदातामध्ये २२२७ प्रतिनिधि मतदानमा सहभागी भएको प्रति अध्यक्ष ओलीले खुशी व्यक्त गरे ।

उनले महाधिवेशन नियमित प्रक्रिया भएपनि सजिलो काम नभएको बताए । साथै उनले देशभरका प्रतिनिधिले सबै नेताको उचित मुल्याकंन गर्नै नसक्ने ठोकुवा समेत गरे ।

‘यो सजिलो काम होइन, यस्तोमा जति राम्ररी गर्न खोजेपनि देशभरीका प्रतिनिधिले सबै नेताको कामको मुल्याकंन उचित ढंगले गर्न सम्भव हुँदैन, केहीकेही अफवाहहरू चलेका हुन्छन्, केहीकेही भ्रमहरू फिजिएका हुन्छन् त्यसले पनि असर गरेको हुन्छ, तर तपाईंहरुले सकेसम्म विवेकको प्रयोग गर्ने कोसिस गर्नुभएको छ म धन्यवाद भन्न चाहन्छु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?