+
+
Shares

यी हुन् एमालेमा निर्वाचित ४० वर्ष मुनिका १५ केन्द्रीय सदस्य

नेकपा एमालेको केन्द्रीय सदस्यमा १५ जना युवा ४० वर्ष मुनिको कलस्टरबाट निर्वाचित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १९:४३

३ पुस, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा १५ जना युवा ४० वर्ष मुनिको कलस्टरबाट निर्वाचित भएका छन् ।

सुदूरपश्चिम प्रदेशबाट गोविन्द गिरी, कर्णाली प्रदेशबाट रुद्रबहादुर शाही, लुम्बिनी प्रदेशबाट लिलामणि गौतम, गण्डकी प्रदेशबाट नवराज ओझा, बागमती प्रदेशबाट निशा अधिकारी, मधेश प्रदेशबाट मोबिन आलम र कोशी प्रदेशबाट क्षितिज थेवे निर्वाचित भएका छन् ।

राजधानी विशेषबाट ४० वर्ष मुनिको कलस्टरमा सुनिता डंगोल, आदिवासी जनजातितर्फबाट मनोत ताम्ली र सम्राट गौचन, मधेशी तर्फबाट अमरकुमार यादव र रोनित साह, दलिततर्फबाट निता घतानी निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्य खुलामा रहेको ४० मुनिको कलस्टरबाट नरेश रोकाया र सुशीलकुमार थापा निर्वाचित भएका छन् ।

४० मुनिका केन्द्रीय सदस्यहरू :

१. सुदूरपश्चिम प्रदेशबाट गोविन्द गिरी

२. कर्णाली प्रदेशबाट रुद्रबहादुर शाही

३. लुम्बिनी प्रदेशबाट लिलामणि गौतम

४. गण्डकी प्रदेशबाट नवराज ओझा

५. बागमती प्रदेशबाट निशा अधिकारी

६. मधेश प्रदेशबाट मोबिन आलम

७. कोशी प्रदेशबाट क्षितिज थेवे

८. राजधानी विशेषबाट सुनिता डंगोल

९. आदिवासी जनजातितर्फबाट मनोत ताम्ली

१०. आदिवासी जनजातितर्फबाट सम्राट गौचन

११. मधेशी तर्फबाट अमरकुमार यादव

१२. मधेशी तर्फबाट रोनित साह

१३. दलिततर्फबाट निता घतानी

१४. खुलाबाट नरेश रोकाया

१५. खुलाबाट सुशीलकुमार थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?