+
+
Shares

पार्टी घाँडो भएपछि प्रचण्ड र माधव मिलेका हुन् : ओली

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १९:२६

३ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पार्टी एकता गरेर तमासा देखाएको टिप्पणी गरेका छन् ।

बिहीबार शपथ ग्रहणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

प्रचण्ड र माधव नेपाल दुवै जनालाई आ-आफ्नो पार्टी घाँडो भएपछि एकता गरेर नयाँ पार्टी बनाएको उनको भनाइ छ । तर नेकपा एमालेले त्यस्तो तमासा नगर्ने उनले बताए ।

ओलीले भने, ‘माओवादी नाम प्रचण्डलाई घाँडो भएको थियो । त्यो हटाउन माधव नेपालसँग एकता  गरेका हुन् । माधव नेपाललाई पार्टी नै घाँडो भएको थियो । त्यसलाई फुटाउनका लागि प्रचण्डसँग एकता गरे । यो खालको तमासा नेकपा एमालेले गर्दैन ।’

अध्यक्ष ओलीले आधारभूत रूपमा लोकतन्त्रका लागि मिल्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?