२१ मंसिर, काठमाडौं । वियर कम्पनी टेन्सवर्गले आगामी तेस्रो एभरेष्ट पि्रमियर लिग टि-२० टुर्नामेन्टमा सहभागी टोली चितवन टाइगर्सलाई प्रायोजन गर्ने जनाएको छ । मंसिर २२ गते देखि पुष ७ गतेसम्म हुन गइरहेको यो टुर्नामेन्टमा सहभागी भई नेपालमा क्रिकेट खेलको विकासको अग्रसरता लिएको कम्पनी बताउँछ ।
नेपालमा क्रिकेट खेलको लोकपि्रयता बढ्दै गइरहेका कारण थप उर्जा थप्न चितवन टाइगर्सलाई मुख्य प्रायोजन गरेको टेन्सवर्गले एक विज्ञप्ति जारी गरि जानकारी दिएको छ । एम्वेसी रेष्टुरेन्टमा भएको कार्यक्रममा टेन्सवर्गले चितवन टाइगर्ससँगको साझेदारीमा खुशी व्यक्त गर्नुको साथै आगामी खेलहरुको लागी शुभकामना व्यक्त गरेको छ ।
चितवन टाइगर्स पृथु बास्कोटाको कप्तानीसँगै दिपेन्द्र सिंह ऐरी, आयरल्याण्डका पल स्टर्लिङ्ग र बेलायतका जोन सिम्पसन, जर्ज स्कट र अन्य उत्कृष्ट खेलाडीहरुको साथ ‘रोर रोर चितवन टाइगर्स’ को नारा लिई यो टुर्नामेन्टमा सहभागी हुन गइरहेको छ । कम्पनीले परम्परागत विधिमा नयाँ वियर उत्पादन गर्दै आइरहेको बताएको छ ।
प्रतिक्रिया 4