Comments Add Comment

फेरि सय रुपैयाँ नाघ्यो अमेरिकी डलरको भाउ

dollar4२७ फागुन काठमाडौं । अमेरिकी डलरको बढेको छ । मंगलबार र बुधबार एक अमेरिकी डलरको भाउ सय रुपैयाँ नाघेको छ ।

बुधबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद मुल्य सय रुपैयाँ १२ पैसा र बिक्री मुल्य सय रुपैयाँ ७२ पैसा तोकेको छ । यो मंगलबारकोभन्दा ३३ पैसाले बढी हो ।

मंगलबार राष्ट्र बैंकले प्रतिडलर ९९ रुपैयाँ ७९ पैसामा किनेर सय रुपैयाँ ३९ पैसामा बिक्री गरेको थियो ।

शनिबार, आइतबार र सोमबार भने एक डलरको खरिद मुल्य ९९ रुपैयाँ १६ पैसा र बिक्री मुल्य ९९ रुपैयाँ ७६ पैसा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment