Comments Add Comment

जल सम्पदामा स्वदेशी लगानीलाई प्राथमिकता दिनुपर्ने

२८ फागुन, काठमाडौँ । जल सम्पदाका क्षेत्रमा विदेशी लगानीका साथै स्वदेशी लगानीलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ ।

‘नेपालको जलस्रोतमा वैदेशिक लगानी र सरोकार’ विषयक हिजो यहाँ आयोजित कार्यक्रमका वक्ताले हरेक नेपालीले आफ्नो आम्दानीको पाँच प्रतिशत रकम विद्युत् उत्पादनमा लगाई स्वदेशी लगानी बढाउनुपर्ने बताएका छन् ।

प्राडा हरि पण्डितले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा जलविद्युत् निकाल्न सकिने ज्ञान र योजना रहेको र त्यसका लागि राज्यको इच्छा शक्ति हुनु जरुरी भएको बताए ।

कार्यक्रममा नेकपा-माओवादीका सचिव देव गुरुङ, नेकपा माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला, एमाओवादीका नेता लीलामणि पोखरेल र कर्णाली जलाधार संरक्षण समाजका अध्यक्ष लोकबहादुर रावतले जलस्रोतसम्बन्धी स्पष्ट नीति नभएका कारण विदेशी लगानी गर्दा ठगिनु परिरहेको बताउँदै यससम्बन्धी विस्तृत नीति र अनुगमन पद्धतिको आवश्यकता औँल्याए ।

नेपालका विभिन्न नदीबाट ८३ हजार मेगावाट विद्युत् क्षमता रहेको छ । नेपालका लागि हाल एक हजार २०० मेगावाट विद्युत् आवश्यक भए पनि ७८० मेघावाट विद्युत् मात्र आपूर्ति भइरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment