Comments Add Comment

सेयरमा आकर्षण : ९० लाखको आइपिओमा ३ अर्बको आवेदन

Barun hydro shair (16)२८ फागुन काठमाडौं । पछिल्लो समय सेयर बजारमा सर्बसाधारणको आकर्षण अत्यधिक बढेको छ । नेपाल धितोपत्र बोर्डमा सूचिकृत कम्पनीहरुले सर्वसाधारणका लागि जारी गरेको सेयरमा परेको आवेदनले त्यसलाई पुष्टि गर्छ ।

जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले निष्काशन गरेको सय रुपैयाँ अंकित दरका ९० हजार कित्ता सेयरमा ३ सय २७ गुणा बढी आवेदन परेको छ । बैंकले कूल ९० लाख रुपैयाँ माग गरेकोमा सर्वसाधारणले २ अर्ब ९५ करोड रुपैयाँ आवेदन परेको छ ।

बुटवलमा मुख्य कार्यालय हरको १० जिल्ले बैंकले फागुन १७ देखि २१ गतेसम्म साधारण सेयर निष्काशन गरेको थियो । साधारण सेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी करोड रुपैयाँ पुगेको छ ।

बरुणमा हाइड्रोमा उस्तै

बरुण हाइड्राले निष्काशन गरेको साधारण सेयरमा पनि मागभन्दा सय गुणा बढी आवेदन परेको छ । कम्पनीले कर्मचारी र सामूहिक लगानी कोष बाहेक सर्वसाधारणलाई चार करोड ५१ लाख रुपैयाँ माग गरेको थियो । जसमा ४ अर्व ४१ करोड रुपैयाँको आवेदन परेको  कम्पनीले जनाएको छ ।

Barun hydro shair (20)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment