Comments Add Comment

सन्नीलाई सलमानले फिल्म खेलाउने

salman-khan-sunnyमुम्बई । पूर्व पोर्नस्टार सन्नी लियोनीले अभिनेता सलमान खानले आफुलाई फिल्म खेलाउने आश्वासन दिएको बताएकी छिन् । बलिउडका खान नायकसँग काम गर्न इच्छुक भएको धारणा राखेकी छिन् ।

‘म कुनै खानलाई टक्कर दिन आएको होईन । म त उहाँहरुसंग काम गर्न चाहन्छु । आशावादी छु एकदिन खानहरुका साथ एउटै फ्रेममा देखिनेछु ।’ बीबीसी हिन्दीसंग कुरा गर्दै सन्नीले भनिन् ।

शाहरुख र सलमान खानसँग भेट भएको कुरा गर्दै सन्नीले शाहरुखलाई सज्जन मान्छेको रुपमा ब्यख्या गरिन् । सलमान पनि राम्रो मान्छे भएको जानकारी दिंदै सन्नीले भनिन ‘मलाई सलमानले फिल्म खेलाउछु भन्नु भएको छ ।’ अमिर खानसँग उनको भेट भएको छैन तर, चाँडै भेटेर कुरा गर्ने उनको योजना छ ।

उनले अभिनय गरेको ‘जिस्म-२’ र ‘रागीनी एमएमएस-२’ ले बक्स अफिसमा राम्रो ब्यापार गरेको थियो । तर, पनि बलिउडका केही स्थापित नायक उनको जोडी बन्न हिच्किचाए ।

प्रदसोन्मुख फिल्म ‘एक पहेली लीला’ का निर्देशक बबी खानले केही नायकलाई अभिनयको प्रस्ताब गर्दा उनिहरुले सन्नीको सट्टा अरु नै नायिका राख्न सुझाब दिएका थिए ।

यो कुरो थाह पाएकी सन्नी भन्छिन ‘जब कुनै अभिनेताले मेरै कारण फिल्म छोड्छन भने म केही गर्न सक्दिन ।’

उनले सहजै आफ्नो अतित मेटाउन नसकिने तर्क गरिन् । ‘मैले चाँहदैमा मेरो अतित मेटिदैन र म त्यो मेटाउन पनि चाहन्न । मलाई दर्शकले गम्भिर अभिनेत्रीको रुपमा लिउन भनेर भगवानसँग कामना गर्छु ।’

केही महिना अघि राखी सावन्तले सन्नी लियोनी आएपछि बलिउड फिल्ममा अभिनेत्रीहरुले टिक्नका लागि अंग प्रदर्शन गरेको धारणा राखेकी थिईन् । यसको जवाफ दिंदै सन्नीले भनिन् ‘अंग प्रदर्शनको सुरुवात मैले गरेको होईन । म आउनु अघि पनि धेरै नायिकाले अंग प्रदर्शन गरेका छन् ।’

सन्नीका श्रीमान डेनियल वेबर पनि बलिउडमा अभिनय गर्ने तयारीमा छन् । अहिले उनी हिन्दी भाषा सिक्नमा ब्यस्त छन् । वच्चाको वारेमा भने सन्नीले केही सोचेकी छैनन् ।

‘शारीरिक अवस्थाले पनि अहिले गर्भवती बन्नु ठिक छैन मेरा लागि । अझै एक वर्ष म गर्भवती हुन्न ।’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment