Comments Add Comment

बन्चरोले हानेर श्रीलंकाली राष्ट्रपतिका भाइको हत्या

१४ चैत, कोलम्बो । एक व्यक्तिले हानेको बन्चरो हानेपछि गम्भीर घाइते भएका श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरिसेनाका कान्छा भाइको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रियन्था सिरिसेनामाथि आफ्नै गृहनगर पोलोनारारुवामा दुई दिन पहिले उनीमाथि बन्चरो प्रहार भएको थियो । बन्चरोले लागेर उनको टाउकोमा गम्भीर चोट लागेको थियो । राष्ट्रपति सिरिसेना चीनको राजकीय भ्रमणमा रहेको समयमा भाइको मृत्यु भएको हो । प्रियन्था स्थानीय व्यापारी समेत हुन् ।

प्रहरीले आक्रमणका संलग्न एक पुरुषलाई पक्राउ गरेको छ । राष्ट्रपति रिसिसेना सहितको १२ जना सन्तानमा प्रियन्था सबैभन्दा कान्छो भएको बताइएको छ ।

घटनापछि प्रियन्था सिरिसेनालार्इ उपचारका लागि राजधानीको अस्पतालमा उडानमा ल्याइए थियो । शल्यक्रिया गरिए पनि उनको टाउकोमा लागेको चोट निकै गम्भीर भएकाले स्वास्थ्य लाभ नभएको चिकित्सकहरूले बताए ।

श्रीलङ्काका पूर्व नेताभन्दा विपरीत सिरिसेनाले आफ्ना दाजुभाइलाई व्यक्तिगत सुरक्षाको व्यवस्था गरेका छैनन् । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment