Comments Add Comment

६ अंकले घट्यो नेप्से

nepse१८ चैत,काठमाडौं । बुधवार ६ दशमलव २० अंकले घटेर नेप्से परिसूचक ९ सय ३९ अंकमा झरेको छ ।

बुधवार कारोवारमा आएका मध्ये होटल समुहको परिसुचक सवैभन्दा बढी ४१ दशमलव ६३ अंकले घटेको छ । त्यस्तै बीमा समुहको परिसुचक ३६ दशमलव ३ र जलविद्युतको १० दशमलव ३ अंकले गिरावट आएको छ ।

विकास बैंकको ८ दशमलव ७२, बैंकिङ समुहको ५ दशमलव ३६ र फाइनान्स समुहको सुचक १ दशमलव १८ अंकले गिरावट आएको छ ।

यता उत्पादन तथा अन्य समुहको परिसुचक भने स्थिर छ । बुधवार १ सय २१ कम्पनीको ३ लाख ८३ हजार कित्ता सेयर  १२ करोड २७ लाख रूपैयाँमा किनबेच भएकाे नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment