Comments Add Comment

हृयूजको ब्याट र जर्सी कीर्तिमानी आरोही छुरिमले सागरमाथामा लैजाने

mt everestNphillip Hughes

२० चैत, काठमाडौं । क्रिकेट बलले लागेर निधन भएका अष्ट्रेलियन ब्याट्सम्यान फिलिप हृयूजको ब्याट र जर्सी कीर्तिमानी आरोही छुरिम शेर्पाले सर्वोच्च शिखर सगरमाथा लैजाने भएकी छिन् ।

आरोहण मिति भने घोषणा भएको छैन । छुरिमले सन् २०११ मा एकै साता दुई पटक सगरमाथाको सफल आरोहण गरी कीर्तिमान बनाएकी थिइन् ।

छुरिम र उनको टोलीका आरोही सदस्यहरुले हृयूजको ब्याट र जर्सी सागरमाथा पुर्‍याउने छ । 

यसैबीच हृयूजप्रति श्रद्धान्जली दिन आयोजित नेपाल र अष्ट्रेलियाबीचको खेलका साथै ब्याट र जर्सी सगरमाथा लैजान बसन्त चौधरी फाउण्डेसनले सहयोग गर्ने भएको छ ।

शुक्रबार नेपाल क्रिकेट संघ क्यान र बसन्त चौधरी फउण्डेसनबीच १५ लाखको सम्झौता भएको छ । यो ६३ ओभरको खेल र हृयूजको जर्सी र ब्याट सगरमाथा पुर्‍याउन सहयोग गरिएको फाउण्डेसनले जनाएको छ ।

नेपाल र अष्ट्रेलियाको टोली बीच अर्का शनिबार २८ गते कीर्तिपुरमा ६३ ओभरका खेल हुनेछ । सोही दिन हृयूजको जर्सी र ब्याट हस्तान्तरण गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment