Comments Add Comment

रेखाको हाँसोमा लुकेकोे कुटिलता(फोटो फिचरसहित)

rekha-thapa
नेपाली चलचित्रका कलाकारको बिषयमा आ-आफ्नै खालको टिप्पणी छन् । जब, नायक भूवन केसी हाँस्छन् त यूवती फस्छन् भनिन्छ । भूवन केसी यूवतीको मामालामा सधै चर्चामा आउने भएकाले पनि यसो भनिएको हुनसक्छ ।

नायिकाको हकमा कुरा गर्ने हो भने, रेखा थापाको हाँसोमा भने कुटिलता भेटिन्छ । रेखा थापा जब कसैसँग अंकमाल गर्छिन् या उसको वर्णन गर्छिन् त, त्यसमा केही न केही कुटिलता लुकेको हुन्छ भनिन्छ ।
सार्वजनिक कार्यक्रममा कमै मात्र देखिने रेखा सोमबार एक कार्यक्रममा देखिइन् ।

रेखा थापाको दोस्ती अहिले नायिका प्रियंका कार्कीसँग जमेको देखिन्छ । रेखाले अभिनय गरेको चलचित्र ‘तथास्तु’ हेर्न केही महिना अगाडि नायिका कार्की पुगेकी थिइन् । अब, रेखा पनि प्रियंकाले अभिनय गरेको चलचित्र ‘नाई नभन्नु ल ३‘ हेर्न पुगिन् । rekha-thapa-laughing-1

उनले फेसबुकमा प्रियंकाको तारिफ खुबै गरेकी छिन् । रेखाले नायिका कार्कीको प्रशंसा गरेको देख्दा लाग्छ, यी दुईको निकटता अहिले खुबै जमेको छ । कार्यक्रममा रेखाको हाँसो पनि खुबै छुट्यो । चलचित्र हेरेर र्फकदै गर्दा रेखाको कुटिल हाँसो अनलाइखबरको क्यामेरामा कैद भयो ।

rekha-thapa-laughing-2रेखाले चलचित्रका निर्देशक मुष्कान ढकाललाई आफ्नो नयाँ चलचित्रमा लिने बताइन् । मुष्कानको मुष्कान रेखाको कुराले दोब्बर भयो । रेखाको यो कुटिल हाँसो भित्र लुकेको रहस्य, भोलीको दिनमा खुल्दै जाला कि ?rekha-thapa-laughting

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment