+
+

‘नाई नभन्नु ल ३’ प्रिमियरमा प्रियंकाको यस्तो पहिरन, आर्यनको कामको तारिफ

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २४ गते ११:४७

priyanka-karki
काठमाण्डौको बीग सिनेमामा सोमबार बेलुकी ५ बजेपछि एकाएक चहलपहल बढ्यो । नेपाली चलचित्रका चर्चित हस्तीदेखि पत्रकारहरुको बाक्लो उपस्थिती देखियो । चिनिएका अनुहारहरुको बाक्लो उपस्थिती रहेको बीग सिनेमा एकाएक भरियो ।

चैत्र २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नाई नभन्नु ल ३‘को भव्य प्रिमियरमा अतिथीहरुको उपस्थिती बाक्लो थियो । निर्माणपक्षले सिट क्षमता भन्दा निमन्त्रणा धेरै गरेकाले पनि केहीले सिट पाएनन् ।

कार्यक्रममा नेपाली चलचित्रका धेरैजसो नायिकाहरु उपस्थित थिए । नायिका रेखा थापा, नम्रता श्रेष्ठ, वेनिशा हमाल, नन्दिता केसी कार्यक्रममा देखिए । पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठदेखि सदिक्षा श्रेष्ठ पनि चलचित्र हेर्न पुगेका थिए ।
priyanka-and-suraj
सुन्दरीहरुको बाहुल्यता रहेको प्रिमियरमा नायकहरु भने केही कम देखिए । चलचित्रका मुख्य कलाकार प्रियंका कार्की, आर्यन सिग्देल, सुरज सिंह ठकुरी, आश्मा डीसी, अनुभव रेग्मी कार्यक्रमको आकर्षणमा देखिएका थिए । नायक आर्यन  सिग्देल भने केही ढिला आएकाले पनि चलचित्र पुरै हेर्न पाएनन् ।

विकास आचार्यको निर्माणमा मुष्कान ढकालले निर्देशन गरेको यो चलचित्रले प्रेम र परिवारको कथा भनेको छ । चलचित्रका मुख्य भूमिकामा अनुभव रेग्मी देखिएका छन् । उनकै जिवनको सेरोफेरोमा चलचित्रलाई घुमाइएको छ । deepak-and-anuvab

नायक आर्यन सिग्देल चलचित्रमा विशेष रुचाइएका छन् । आर्यनले निर्वाहा गरेको भूमिकाले दर्शकलाई हसाँउने मात्र होइन, वाधेको पनि छ । चलचित्रका केही संवादहरु मन छुने खालका छन् । गीतसंगीतमा बसन्त सापकोटाको काम उत्कृष्ट रहेको प्रतिक्रिया चलचित्र हेरेपछि धेरैले दिएका छन् ।

आफूले छाडेर मुष्कानलाई निर्देशनको जिम्मा दिएका विकास आचार्यले ‘नाई नभन्नु ल २’मा दर्शकलाई धेरै रुवाएकाले ‘नाई नभन्नु ल ३’मा केही कम गरेको बताए । निर्देशक मुष्कान ढकाललाई पहिलो चलचित्रबाट नै तारिफ मिलेको छ । aaryan-sigdel

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?