+
+

हार्दिक आईभीएफ सञ्चालनमा, निसन्तान दम्पतीलाई १ लाख ९९ हजारमै आईभीएफ सेवा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ४ गते १२:३९

४ जेठ, काठमाडौं । काठमाडौंको सिनामंगलमा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरले निसन्तान दम्पतीका लागि उच्चस्तरीय सुविधासहितको इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवा सञ्चालनमा ल्याएको छ ।

सेवा सुरुवात र नयाँ वर्ष २०८१ को अवसरमा हार्दिक आईभीएफले एक लाख ९९ हजार रुपैयाँमा नै इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवा उपलब्ध गराउने भएको छ। कम आयस्तर भएका निसन्तान दम्पतीलाई लक्षित गर्दै सेवा सुरुवातको अवसरमा असार मसान्तसम्मका लागि एकलाख ९९ हजारमा आइभिएफ सेवा उपलब्ध गराउन लागेको हो।

यस्तै, इन्ट्रायुटेराइन इन्सिमिनेसन (आईयूआई) सेवा ८ हजार ५०० मा दिने र ल्याब परीक्षण तथा वीर्यको जाँचमा पनि २० प्रतिशत छुट दिने निर्णय गरेको हार्दिक आईभीएफद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘सन्तान नभएका दम्पतीलाई कम शुल्कमा गुणस्तरीय सेवा उपलब्ध गराउन हार्दिक आईभीएफले सेवा सुरु गरेको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘सम्भवत हार्दिकले आईभीएफ र आईयूआईमा निर्धारण गरेको शुल्क नेपालमै सबैभन्दा कम हो।’

हार्दिक आईभिएफका प्रमुख संचालक कैलाश खड्काले निःसन्तान, प्रसूति तथा स्त्रीरोग सम्बन्धी समस्या भएका बिरामीका लागि सुलभदरमा अन्तर्राष्ट्रिय स्तरको आईभीएफ सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए।

हार्दिक आईभीएफमा प्रजनन, स्त्रीरोग तथा आईभीएफ विशेषज्ञ डा. अर्चना शाक्य, वरिष्ठ इम्ब्रोलोजिष्ट डा. आषमा बानुले निःसन्तान दम्पतीलाई सेवा दिँदै आएका छन्। डा शाक्य १३ वर्षदेखि स्त्री, प्रजनन् तथा निसन्तान सम्बन्धी समस्याका बिरामीको उपचारमा संलग्न छिन् भने डा बानु ६ वर्षदेखि इम्ब्रोलोजिष्टको रुपमा कार्यरत छिन्।

हार्दिक आईभीएफका सञ्चालक खड्काका अनुसार निःसन्तानपन तथा प्रजननमा समस्या भएका दम्पतीलाई परामर्शसहित निःसन्तान हुनुको सहि कारण पत्ता लगाई आईयूआई, आईभीएफ लगायतका अन्य उपचार सेवा हार्दिकले दिइरहेको छ।

हार्दिक आईभिएफले पुरुषको वीर्य जाँचको सुविधा, भ्रूण सुरक्षित राख्ने, वीर्य फ्रिजि¨ गरी सुरक्षित राख्ने, बिवाहित वा अबिवाहित महिलाका लागि अण्डा सुरक्षित राखि भविष्यमा प्रयोग गर्न सुरक्षित अण्डा, भ्रुण र विर्य भण्डारण केन्द्र समेत स्थापना गरेको केन्द्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

केन्द्रले सेवा सुरु गरेसँगै दर्जनौं दम्पतीलाई निःसन्तान सम्बन्धी सफल उपचार एवं परामर्श सेवा उपलब्ध गराएको पनि विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?