+
+

गुगलको नयाँ एआई टूल : तपाईंले भुल्न सक्नुहुन्छ तर यसले सम्झाइदिनेछ

एजेन्सी एजेन्सी
२०८१ जेठ ३ गते १२:४२

च्याट जिपिटीले GPT 4o लञ्च गरेको अर्को दिनमै गुगलले आफ्नो नयाँ एआई टूल Project Astra सार्वजनिक गरेको छ ।

गुगलको वार्षिक डेभलपर्स कन्फ्रेन्सका क्रममा गुगलको मातृ कम्पनी अल्फाबेटका सीईओ सुन्दर पिचाइले नयाँ एआई टूल पेस गरेका हुन् ।

Project Astra ले च्याट जिपिटी फोर ओले जस्तै रियल टाइममा प्रश्नहरुको उत्तर दिन सक्नेछ। यो एआई टूलमा गुगलको जेमिनी मोडेलको अपग्रेडेड भर्सन प्रयोग गरिएको छ।

उक्त कार्यक्रममा एआई टूल प्रोजेक्ट एस्ट्राको डेमो भिडियो अर्थात् प्रोटोटाइप देखाइएको थियो । जसअनुसार यो टूलले रियल टाइममा प्रयोगकर्तासँग कुराकानी पनि गर्न सक्दछ।

एस्ट्रालाई मोबाइल एप र वेब दुवैको माध्यमबाट प्रयोग गर्न सकिने बताइएको छ ।

डेमो भिडियोमा एस्ट्राले मौखिक रुपमा सोधिएको प्रश्नकोफोन क्यामेरा र स्मार्ट चश्माबाट देखेको कुरा विश्लेषण गरी जवाफ दिएको थियो । उक्त भिडियोमा एस्ट्राले कोडहरुको श्रृंखला सफलतापूर्वक पहिचान गर्नुका साथै विद्युत सर्किटको सुधारका लागि सुझाव दिएको तथा क्यामेरा लेन्सबाट लण्डनस्थित किंग्स क्रसको समेत पहिचान गरेको थियो । त्यस्तै प्रयोगकर्ताले उसको चश्मा कहाँ छाडेको छ भन्ने कुरा पनि यसले सम्झाइदिएको थियो ।

यो नयाँ एआई टूलले मानिसले जस्तै दृष्टिकोणबाट संसारलाई हेर्ने दाबी गुगलको छ ।

तपाईं भुल्नुहोला, तर एस्ट्राले भुल्नेछैन

यदि तपाईंले एस्टको मद्दतबाट कुनै भिडियो बनाउनुहुन्छ भने यसले भिडियोमा देखिएका सबै चिज याद गर्नेछ ।

यसले के चिज कुन ठाउँमा राखिएको छ भन्ने कुराको पनि याद राख्नेछ । यदि तपाईंले कुनै चिज भुल्नुभयो भने पनि एस्ट्राले तपाईंलाई बताइदिन सक्दछ । यसले तपाईंसँग कुनै साथी वा नोतदारले जस्तै कुरा गर्ने दाबी पनि गुगलले गरेको छ ।

आफ्नो जेमिनी एप तथा अन्य प्रडक्टहरुमा पनि यसैवर्ष एआई टूल एस्ट्रालाई आबद्ध गर्ने अल्फाबेटका सीईओ पिचाइले जनाएका छन् ।

यसैबीच गुगलले आफ्नो सर्च इन्जिनमा पनि महत्वपूर्ण परिवर्तन गरेको छ । योसँगै अब अमेरिकी प्रयोगकर्ताहरुले गुगलमा केही कुरा सर्च गर्दा सुरुमा एआईले तयार पारेको उत्तरको सारांश पढ्न पाउनेछन् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?