Comments Add Comment

शुक्रबारको दैनिक पत्रिकामा बिजनेस खबर

राजधानीबाट शुक्रबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले अमेरिकी संसदमा नेपाली पोसाकलाई सून्य भन्सार प्रस्ताव, सेनाले साढे चार अर्ब लगानी गर्ने, रोजगारको लागत सीमा खारेज हुँदै शीर्षकमा मुख्य खबर छापेका छन् ।

कारोबार दैनिकमा अमेरिकी संसदमा नेपाली पोसाकलाई सून्य भन्सार प्रस्ताव, नेपालको सामाजिक प्रगतिमा सुधार, ग्राउण्ड हृयाण्डलिङमा सधैं किचलोः प्राधिकरण नै असहयोगी, बौद्धिक सम्पत्ति संरक्षण गर्न छुट्टै निकायको तयारी, ब्याजदर वृद्धिमा फेड अधिकारी विभाजित, सेयर बजारमा पाँच अंकको सुधार लगायतका खबर छन् ।

आर्थिक अभियानमा डिम्याट कारोबारः दोस्रो चरणमा सात कम्पनी, चाकेखोला जलविद्युतको निर्माण वर्षदिनभित्रै, आर्थिक सुरक्षासहितको श्रमबजार खोजिँदै, मोबाइल कार्निभल शनिवारदेखि, ४ महिनामा १५ प्याराग्लाइडिङ कम्पनी थप लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा पूर्वसैनिक स्वरोजगार योजनाः सेनाले साढे चार अर्ब लगानी गर्ने, दक्षिण कोरियामा एक हजार चार सय नेपाली गैरकानूनी, थप सात कम्पनीको सेयर डिम्याट गरिँदै, वाणिज्य नीति अनुसार आर्थिक ऐन ल्याउन माग, अख्तियारको डरले पाँच वर्षदेखि खरिद रोक्का लगायतका खबर छन् ।

नागरिक दैनिकमा रोजगारको लागत सीमा खारेज हुँदै, डेढ दशकपछि निगम मुम्बई र बैंगलोर जाने, रोल्वालिङको पर्यटन विकासमा विशेष योजना, शनिवारदेखि मोबाइल कार्निभल, सेयर बजार उकालो लाग्ने संकेत लगायतका खबर छन् ।

eco1

eco2

eco3

eco4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment