Comments Add Comment

अर्को बर्ष रातो होइन, पहेँलो टीम लिएर आउँछौं : एडवर्ड्स 

Hughes-tribute-match-(31)

२८ चैत, काठमाडौं । क्रिकेट अष्ट्रेलियाका अध्यक्ष वली एडवर्ड्सले अर्को वर्ष सिंगो अष्ट्रेलियन टीम लिएर नेपाल आउने बताएका छन् ।

क्रिकेट अष्ट्रेलियाले हरेक वर्ष काठमाडौंमा फिलिप हृयूजको सम्झनामा खेल खेल्ने बताएको छ । शनिबार काठमाडौंमा ६३ ओभरको खेल भएको छ । तर, अष्ट्रेलियाका चार क्रिकेटर मात्र भएका कारण नेपाली खेलाडीहरुलाई मिलाएर टीम रेड बनाइएको थियो ।

खेलपछि एडवर्ड्स  अर्को बर्ष रातो नभई पहेँलो टीम लिएर आउने बताएका छन् । उनले भने-‘अर्का बर्ष हामी पहेँलो टीम लिएर आउछौं रातो होइन ।’

अष्ट्रेलियन क्रिकेटर रायन कार्टर नेतृत्वको टीम शनिबार रातो जर्सीमा थियो । अष्ट्रेलिया क्रिकेटको जर्सी पहेँलो छ ।

क्रिकेट अष्ट्रेलियाका अध्यक्ष एडवर्ड्सका अनुसार आगामी वर्षबाट हुने खेलमा क्रिकेट अष्ट्रेलियाको टोली नै नेपाल आउने छ । तर, त्यसका सदस्यहरु भने उमेर समूह वा फष्ट क्लास क्रिकेटका पनि हुनसक्छन् । तर, टीम छनोटमा श्रद्धान्जली खेल खेल्न चाहेनहरुलाई प्राथमिकता दिइनेछ ।

शनिबारको खेलमा नेपाली क्रिकेट समर्थकको उपस्थिति उल्लेख भएको र खेल निकै रोमान्चक भएको उनले बताए । कीर्तिपुर मैदानमा भएको निकै रोमाञ्चक खेलमा रेडले ब्लु टीमलाई मात्र १ रनले पराजित गरेको छ ।

नेपाली क्रिकेटरलाई अष्ट्रेलियामा मौका

क्रिकेट अष्ट्रेलियाका अध्यक्ष इड्वड्र्सले केही नेपाली क्रिकेटरहरुलाई अष्ट्रेलियामा लैजाने इच्छा देखाएका छन् । एकेडेमी वा टीममा प्रशिक्षणका लागि नेपाली खेलाडी लैजाने उनको प्रस्ताव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment