Comments Add Comment

नेपाललाई सशर्त अन्तराष्ट्रिय प्रतियोगिता दिने आईसीसीको बचन

Team-Anderson-and--Wally-Edwards

२९ चैत, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाललाई सशर्त अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्न दिने बताएको छ ।

नेपाल भ्रमणमा रहेका आईसीसी ग्लोवल डेभलोपमेन्ट डाइरेक्टर टीम एण्डरसन र नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुबीच आइतबार छलफल भएको थियो ।

छलफलमा एण्डरसनले नेपालले आफ्ना सर्तहरु पुरा गरे अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्न दिने बताएका छन् । उनले भने-‘हामी अन्तराष्ट्रिय क्रिकेट टुर्नामेन्ट नेपालमा ल्याउन तयार छौं । तर, हाम्रो गाइडलाइनहरु पालनामा भरपर्छ ।’

आईसीसीले क्यानको व्यवस्थापन र मैदान बाहिरका कुरामा सर्तहरु राखेको क्यानका अध्यक्ष दीपक कोइरालाले अनलाइनखबरलाई बताए । उनले भने-सकारात्मक कुरा भएको छ ।’

क्यानका कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार मैदानमा नेपाली खेलाडीहरुले गर्ने प्रदर्शन र नेपाली समर्थकहरुका कारण आईसीसी निकै प्रभावित छ । तर, क्यानदेखि मैदानमा सुधार गर्नु पर्ने उसको जोड रहेको उनले बताइन् ।

क्यान स्रोतका अनुसार आईसीसीले क्यानको अन्तरिक व्यवस्थापन र आर्थिक पारदर्शीतामा जोड दिएको छ । आईसीसी ग्लोवल डेभलोपमेन्ट डाइरेक्टर एण्डरसनले क्यानमा डेभलोपमेन्ट अफिसर, अन्तराष्ट्रिय सम्वन्ध हेर्ने छुट्टै अधिकारी राख्न सुझाव दिएको छ ।

नेपाल क्रिकेट संघ क्यानको आन्तरिक समस्याका कारण नेपालमा अन्तराष्ट्रिय प्रतियोगिता नभएको लामो समय भइसक्यो । आफ्नै समस्याकै कारण क्यानले आईसीसीले दिने सहयोग रकम समेत गुमाएको छ ।

एडवर्ड्सले  क्यानलाई दिए ‘मिनी वर्ल्डकप ट्रफी’

यसैबीच क्रिकेट अष्ट्रेलियाका अध्यक्ष वली एडवर्ड्सले क्यानलाई ‘मिनी वर्ल्डकप ट्रफी’ दिएका छन् ।

Wally-Edwards with Deepak and Bhawana

हालै मात्र वन डे विश्वकप जितेको अष्ट्रेलियाका क्रिकेट अध्यक्ष एडवड्र्सले क्यानका कार्यबाहक अध्यक्ष कोइराला र कार्यकारी अधिकृत घिमिरेलाई संयुक्त रुपमा ‘मिनी वर्ल्डकप ट्रफी’ उपहार दिएका हुन् । एडवर्ड्सले भने-‘मलाई विश्वास छ नेपालले १०/२० वर्षमा विश्वकप खेल्नेछ ।’

उनले फिलिप हृयूजको सम्झनामा नेपालले गरेको क्रिकेट खेलको निकै प्रशंसा समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment