Comments Add Comment

म्यानचेष्टर डर्बीमा युनाइटेडको शानदार जित

Manchester derby

३० चैत, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले चिरप्रतिद्वन्द्वी सिटीलाई पराजित गरेको छ ।

आइतबार राति भएको म्यानचेष्टर डर्बीमा युनाइटेडले सिटीमाथि ४–२ को जित हात पारेको छ । यससँगै युनाइटेड सिटीभन्दा ४ अंकले अगाडि भएको छ ।

युनाइटेडको घरेलु मैदानमा वल्र्ड ट्राफर्डमा भएको खेलमा सिटीले ८ औं मिनेटमा सर्जिओ एग्युरोको गोलबाट अग्रता लिएको थियो ।

तर, १४ औं मिनेटमा एस्ले योङले बराबरी गोल फर्काए । योसँगै युनाइटेड खेलमा हावी भयो ।

२७ औं मिनेटमा फेलिनीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । पहिलो हाफमा युनाइटेडले २–१ को अग्रता कायम राख्यो ।

दोस्रो हाफको ६७ औं मिनेटमा माटाले गोल गरे भने ७३ औं मिनेटमा क्रिस स्मालिङले गोल गर्दै युनाइटेडलाई ४–१ को अग्रता दिलाए ।

खेलको अन्तिममा एग्युरोले दोस्रो गोल गरे । तर, सिटीलाई खेलमा फर्काउन सकेनन् र म्यानचेष्टर डर्बीमा युनाइटेडले ४–२ को जित निकाल्यो ।

जितपछि युनाइटेडको ३२ खेलबाट ६५ अंक भएको छ र अंक तालिकाको तेस्रो स्थानमा छ । सिटी ६१ अंकका साथ चौथो स्थानमा छ ।

लिग लिडर चेल्सीको ७३ अंक छ र उसले एक खेल कम खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment