Comments Add Comment

राष्ट्रिय लिगमा पुलिसको जित, थ्रीस्टारले झापासँग अंक बाँड्यो

३० चैत, काठमाडौं । नेपाल पुलिस क्लबले राष्ट्रिय लिग फुटबलमा दोस्रो जित हात पारेको छ । झापा ११ ले भने थ्रीस्टारलाई बराबरीमा रोकेको छ ।

सोमबार भएको खेलमा पुलिसले मोरङ फुटबल क्लबमाथि १-० को संघर्षपूर्ण जित हात पारेको छ । सुरूवती तीन खेल गुमाएको पुलिसले यसअघि थ्रीस्टारलार्इ पराजित गरेको थियो ।

बिराटनगरमा भएको खेलमा पुलिसका लागि अन्तिम मिनेटमा जुमानु राईले गोल गरे । तीन खेल गुमाएको पुलिसको यो पहिलो जित हो ।

झापामा भएको खेलमा घरेलु टोलीले थ्रीस्टारलाई गोलरहित बरारीमा रोकेको छ । ७१ औं मिनेटमा झापाले गोल गर्ने राम्रो मौका गुमायो । विशाल राई एको पासमा दिनेश कार्कीको प्रहार केहीमाथिबाट बाहिरियो ।

८७ औं मिनेटमा प्रकाश बुढाथोकीको प्रहार बारमा लागेर फर्कियो ।

सोमबारको बराबरीपछि झापा १० अंकका साथ दोस्रो स्थानमा छ । चार खेलबाट समान अंक जोडेको मनाङ गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ ।

आठ अंक जोडेको थ्रीस्टार तेस्रो स्थानमा छ । पुलिस ६ अंकका साथ छैटौं स्थानमा छ भने मोरङ २ अंकका साथ अंक तालिकाको पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment