Comments Add Comment

च्याम्पियन्स लिगमा रियल र एथ्लेटिको मड्रिडले बराबरी खेले

Gareth-Bale

२ वैशाख, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिड र एथ्लेटिको मड्रिडले बराबरी खेलेका छन् ।

मंगलबार राति भएको मड्रिड डर्बी गोलरहित बराबरीमा सकिएको हो ।

घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडका गोलरक्षकले उत्कृष्ट प्रदर्शन गरे । उनले ग्यारेथ बल र जेम्स रोड्रिग्वेजको प्रहारको उत्कृष्ट बचाउ गरे ।

एथ्लेटिको मड्रिडका मारियो स्वरेजले पनि गोल गर्ने मौका खेल फालेका थिए । दोस्रो लेग २२ अप्रिलमा रियल मड्रिडको घरेलु मैदानमा हुनेछ ।

युभेन्टसको संघर्षपूर्ण जित

अर्को खेलमा युभेन्टसले मोनाकोविरुद्ध संघर्षपूर्ण जित हात पारेको छ । युभेटन्सले मोनाकोमाथि १-० को जित निकालेको हो । उसका लागि ५७ औं मिनेटमा भिडालले पेनाल्टी गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment