Comments Add Comment

२१ वटै भुकम्प मापन केन्द्र डिजिटल प्रविधिमा जाने

Khani bivag३ बैशाख काठमाडौं । खानी तथा भूगर्भ विभाग अन्तरगत रहेका २१ वटै भूकम्प मापन केन्द्र डिजीटल प्रविधिमा जाने भएका छन् । फ्रान्सको भूकम्प सम्बन्धी अध्ययन गर्ने संस्था डिएएसइका अध्यक्ष वेनेडीक गिलपाथको नेतृत्वमा आएको चार सदस्यीय टोलिले उद्योगमन्त्री महेश बस्नेतको कार्यकक्षमा भएको भेटवार्तामा उक्त विषयमा छलफल गरेको छ ।

खानी तथा भूगर्भ विभागका उप महानिर्देशक डा. सोम सापकोटाका अनुसार उद्योगमन्त्री बस्नेत र फ्रान्सको उक्त टोलिबीच खानी तथा भूगर्भ विभाग अन्तरगत रहेका सबै राष्टि्य भूकम्प मापन केन्द्रलाई आधुनिकरण गर्ने विषयमा छलफल भएको छ । सो छलफलमा भूकम्पका तथ्याङ्क प्रशोधन तथा मापनका लागि डिजीटल प्रविधि जडान गर्न फ्रान्स सरकारले प्राविधिक सहयोग गर्ने विषयमा छलफल भएको छ ।

फ्रान्सले १९७८ देखिनै खानी तथा भूगर्भ विभागको आधुनिकिकरणका लागि नेपाललाई प्रत्यक्ष प्राविधिक सहयोग गदैँ आएको बताए । उनले खानी तथा भूगर्भ विभागसँग हाल नेपाल भित्र दुई रेक्टर स्केलभन्दा ठूला र विश्वको जुनसुकै स्थानको पाँच रेक्टरभन्दा ठूला भूकम्प नेपालबाटै मापन गर्ने प्रविधि रहेको जानकारी दिए ।

“हामी अहिले एनालग प्रविधिमा आधारित भएर भुकम्प मापन गदैँ आएका छौँ । अब हुने फ्रान्सको प्रत्यक्ष प्राविधिक सहयोगबाट हामी डिजिटल प्रविधिमा जान्छौँ” सापकोटाले भने ।

सो भेटवर्तामा उद्योगमन्त्रालयका सचिव, सहसचिव, खानी तथा भूगर्भ विभागका महानिर्देशक तथा उपमहानिर्देशक लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment