Comments Add Comment

पिसाब आयो भन्दा पनि पत्रकारले नछाडेपछि, युवतीको यस्तो बिजोग (भिडियो सहित)

bichitraअन्तरवार्ताका क्रममा निकै पेचिला तथा गम्भीर प्रश्न र प्रतिप्रश्न गरेर नेताहरुलाई आत्थुआत्थु पार्ने क्षमताका हुन्छन् कोहीकोही पत्रकार । त्यसैले त्यस्ता पत्रकारको कुरा गर्दा ‘त्यसले त अन्तरवार्ता दिनेको पिसाबै छुटाइदिन्छ’ भनेर भन्ने गरिन्छ । यद्यपि अन्तरवार्ता दिनेको साँच्चीकै पिसाब छुट्ने नभै त्यसलाई विम्बको रुपमा प्रयोग गरिएको हो । तर अमेरिकामा भने एकजना महिला पत्रकारले अन्तरवार्ता लिएर एक युवतीको साँच्चीकै पिसाबको धारा छुटाइदिइन् ।

आफुलाई पिसाबले चेँपेको छ, ट्वाइलेट गैहाल्नुपरेको छ भनेर आफुलाई लाइभ अन्तरवार्ता लिइरहेकी पत्रकारलाई पटक पटक भनिन् । तर पत्रकारको जात न पर्यो, टेलिभिजनमा एक्स्क्लुसिभ दिनुथियो त्यसैले उनको लघुशंकाको आग्रहलाई वेवास्ता गरिन् र प्रश्न वर्षाइरहिन् । पत्रकारले प्रश्न वर्षाइरहँदा विचरा ती युवती भने प्रश्नको वषर्ाले होइन आफैले तुरुक्क छाडिदिएको पिसाबले भिजिन् र लाजले भुतुक्कै बनिन् ।

घटना हो, अमेरिकाको । सिबीएस टेलिभिजनसँग आबद्ध डब्लु एक्स भि टी टेलिभिजनकी मिसिपिपीस्थित सम्वाददाता एलेक्सिस फ्रिजियरले एक युवतीलाई लाइभ अन्तरवार्तामै पिसाब छाड्ने बनाइन् । उनले कठीन प्रश्न सोधेर त्यस्तो हालतमा पूराएकी होइनन् । पिसाबले निकै चेँपेको अवस्थामा समेत पिसाब फेर्न जान नदिएर प्रश्न सोध्न सोधिरहेपछि विचरी ती युवतीले कपडामै छाड्न बाध्य भइन् ।

बुधबार गि्रनभिल्लेमा भएको गोलाबारीको विषयमा पत्रकार एलेक्सिसले ती युवतीसँग लाइभ अन्तरवार्ता लिइरहेकी थिइन् । ती युवती उक्त गोलाबारीकी प्रत्यक्षदर्शी रहेछिन् । पत्रकारले गोली प्रहार गरिएको पीडित पुरुषले आफुलाई लागेपछि के भनेको थियो ? भनेर प्रश्न सोधिन् । युवतीले भने प्रश्नको जवाफ नदिइकन मलाई पिसाब लागेको छ भनिन् । पत्रकारले फेरि सोधिन्, ओहो, त्यसले के भनेको थियो ? भन्नुस् न । युवतीले प्रश्नको जवाफ दिनुको साटो पटक पटक आफुलाई पिसाबल ागेको भन्दै निकै अप्ठोरो अनुहार लगाएर क्यामरामा पटक पटक हेरिन् पनि । अन्तिममा ती युवतीले घोषणा गरिन्, ‘मैले पिसाब फेरिसकेँ, म भिजेँ ।’

यति भन्दापनि ती पत्रकारले भेउ पाइनन् । उनले ठिकै छ भनेर पुनः अन्तरवार्ता अघि बढाउन खोजिन् र सोधिन् ‘उसको नाम माइकल थियो, तपाइँले भन्नुभएको होइन ?’ तर त्यो प्रश्न सोधिरहँदा पत्रकारको आँखा ती युवतीको भिजेको पाइन्टमा पर्यो । त्यसपछि साँच्चीकै बित्यासै परेछ भन्ने सोँचेर पत्रकारले अन्तरवार्ता रोकेर व्यापारिक विज्ञापन बजाउनका लागि स्टुडियोमा आग्रह गरिन् ।

टेलिभिजनमा लाइभ प्रशारण भैरहँदा त त्यसमा दर्शकको खासै ध्यान गएनछ, तर जब अर्को दिन त्यो दृश्य यु ट्युबमा अपलोड भएपछि भने भिडियो भाइरल नै बनेकेा छ ।
पत्रकार प|mाजियरले गएको नोभेम्बरदेखि उक्त टेलिभिजनमा जागिर खान थालेकी रहेछिन् । एक युवतीलाई पाइन्टमै पिसाब गराएर यातना दिने उनको त्यो बेहोसीपनाले उनी कति दक्ष पत्रकार रहेछिन् भन्ने प्रष्टै भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment