१३ वैशाख, काठमाडौं । भूकम्पका कारण विस्थापितहरुका लागि सरकारले आठ स्थानमा राहत क्याम्प स्थापना गर्ने भएको छ ।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार केहीबेरमा नै राहत क्याम्प स्थापना गरिनेछ । भूकम्पका कारण धेरै मानिस घर छाडेर सडकमा रहेको र पसलहरु समेत बन्द भएका कारण राहत क्याम्प स्थापना गर्न लागिएको हो ।