Comments Add Comment

भुकम्पमा परेर घाइते भएकाहरुको उपचारमा रगत अभाव

१३ वैशाख, काठमाडौं । भुकम्पमा परेर घाइते भएकाहरुको उपचारमा रगत अभाव भएको छ ।
घाइतेहरुको उपचार गर्ने क्रममा रगत अभाव भएकाले सबैले रक्तदान गरी सहयोग गरिदिन अस्पताल तथा स्वास्थ्य संस्थाहरुले आग्रह गरेका छन् ।

काठमाडौं उपत्यका सहित भुकम्प प्रभावित जिल्लाका अस्पतालहरु घाइतेले खचाखच भरिएका छन् । घाइतेहरुको संख्या बढ्दो क्रममा छ । उनीहरुका आफन्त रगत खोज्दै रक्तसन्चार केन्द्र धाइरहेका छन् ।

आइतबार विहान भक्तपुरमा अभाव भएको जानकारी आएको थियो । खासगरी नेगेटिभ समूहको रगत अभाव भएको बताइएको छ । दैनिक ३ सय जना भन्दा धेरै व्यक्ति नेगेटिभ समूहको रगत लिन रक्तसन्चार केन्द्र पुग्ने गरेका छन् ।

इच्छुक रक्तदाताहरुलाई नजिकको ब्लड बैंकमा गएर रगत दान गर्न आग्रह गरिएको केन्द्रीय रक्त सन्चार केन्द्र बागबजारका प्रोग्राम अफिसर राम श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।  ‘अहिले ३०-४० संस्थाहरुले रगत दान गर्न हामी तयार छौं भनेका छन्, तर हाम्रा कर्मचारीहरु उद्धारमा व्यस्त भएकाले संकलन गर्न जान सक्ने अवस्था छैन,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘सकेसम्म आफै ब्लड बैंकसम्म पुगेर रगत दान गरिदिनु हुन हाम्रो आग्रह छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment