Comments Add Comment

भूकम्पपीडितको सम्झनामा बोष्टनमा मैनबत्ति प्रज्वलन

candle bosten-1१५ वैशाख, बोष्टन । शनिबार नेपालमा गएको भूकम्पले ज्यान गुमाएकाहरूको सम्झनामा बोष्टनमा शान्तिदीप प्रज्वलन गरिएको छ । दीप प्रज्वलनका लागि बोष्टनको कोप्ले स्क्वायरमा जम्मा भएका ग्रेटरबोष्टनबासी नेपालीहरु तथा भारतीय, अमेरिकी तथा विभिन्न समुदायका ब्यक्तिहरू जम्मा भएका थिए । कार्यक्रममा बोष्टनका मेयर मार्टिन वाल्ससमेत सहभागी थिए ।

candle bosten-2राष्ट्रले सजिलै दैविप्रकोप सामना गर्न सकोस् भन्ने उनीहरूको कामना थियो । यसको लागि मिलन गुरुङको शुरु आव्हानमा शनिबारै नेपालीहरु हिमालयन बोष्ट्रोमा जम्मा भै “ग्रेटर बोष्टन नेपाल अर्थक्वेक रिलिफ फण्ट“ को नामबाट अगाडि बढने र सबै नेपाली एऊटै पँक्तिमा देखा पर्ने गरि चाजोपाजो मिलाएका थिए ।

candle bosten-3नेपाली तथा अमेरिकन नेशनल एन्थम बाट शुरु भएको “क्यान्डिल भिजिल टुनाइट” मा अन्तराष्ट्रिय सोसाइटी अफ कृष्ण टेम्पलको इण्डियन टिमले कृतन गरेको र बिभिन्न मार्मिक नेपाली राष्टिय गीत, तथा भजनद्वारा राष्ट्रप्रेम झल्काइएको थियो ।

candle bosten-4प्रार्थना कार्यक्रममा ग्रेटर बोष्टनका सामाजिक ब्यक्तित्व हरु पशुपतिनाथ बुद्द फाऊण्डेशनका महासचिव महेश्वर पन्त, नेपालीहरुलाई साथ दिइ आएका साऊथ एसियन आर्ट काऊन्सिलका डाइरेक्टर अमित दिक्षीत, सिटी अफ बोष्टनका काऊन्सुलर, एनआरएन अमेरिकाका पुर्व अध्यक्ष प्रल्हाद केसीएनआरएन अमेरिका एवम् जीबीएनसीका सल्लाहकार बिष्णुहरी धौराली, विश्व महिला सँजाल(एनडब्लुजीएन) कि अध्यक्ष रुक्मणी कार्की, जीबीएनसीकी सल्लाहकार डा. ऊषा शर्मा,  जीबीएनसीका महासचिव भक्त गुरुङ, सनी कंसाकारसमेत बोलेका थिए ।

बोष्टनको क्याण्डल लाइट प्रोग्राम पश्चात सबै नेपालीहरुको तर्फबाट साझा राहत फन्ट (अनलाईन डोनेशन साइट) “ग्रेटर बोष्टन रिलिफ अर्थक्वेक रिलिफ फण्ट“ जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment