Comments Add Comment

भूकम्प पीडितलार्इ आर्ट अफ लिभिङको राहत सामग्री

२० वैशाख, । हालै नेपालमा आएको विनाशकारी भूकम्पमा परेका पीडितहरूको राहत अनि पुनर्वासको व्यवस्था मिलाउने उद्देश्य लिएर विश्वभरिबाट आर्ड अफ लिभिङका स्वयंसेवकहरू एक भएर लागि परेका छन् । यस भयावह स्थितिमा सहयोग पुउन साथै पीडितहरूलाई राहत दिनका निम्ति विश्वभरिका  स्वयंसेवकहरूलाई आमन्त्रण गरिएको छ ।

राजधानीको बीर अस्पतालमा रक्तदान गर्ने कार्य चलिरहेको छ भने इण्डिया मेडिकल एसोसिएशनसँग मिलेर राक्जोलमा पनि राहत केन्द्र स्थापित गरिएको छ । आर्ट अफ लिभिङ नेपाल केन्द्र अनि नेपाल संगीतिक पाठशालाले आफ्नो परिसरलाई पीडित मानिसहरूलाई आराम गर्नका लागि खुला राखिदिएको छ ।

यस प्रकारको भयावह स्थितिमा शान्ति कायम गर्नका लागि मन्त्रोउच्चारण तथा सत्संगको पनि आयोजना गरियो । आर्ट अफ लिभिङका एक प्रशिक्षकले शरणार्थीहरूलाई आराम गर्नका लागि आफ्नै घर खुला गरिदिएका छन् भने  सत्संग र मन्त्रोच्चारण भइञ्जेलसम्म शसस्त्र सेना बलले शरणार्थीहरूका निम्ति खानाको व्यवस्था मिलाएको छ ।

आर्ट अफ लिभिङ राहत केन्द्रमा भारतीय सांसद सदस्य सञ्जय जैस्वाल अनि इन्धन मन्त्रीले भ्रमण गरे । बालाजु केन्द्रमा यस प्राकृतिक प्रकोप जस्तो संकटसंग जुझिरहेका पीड़ितहरूको देखरेखका लागि आर्ट अफ लिभिङ नेपाल केन्द्रका स्वयंसेवकहरू सेवामा जुटेका छन् । स्वयंसेवकहरूले आफ्नो बाइकबाट पेट्रोल निकालेर आफूहरूलाई सहयोग पुऱ्याएको अनि त्यसपछि आफ्नो कार्यमा जुटेको आर्ट अफ लिभिङ नेपालका सदस्य सन्तोष शर्माले जानकारी दिए ।

बालाजुको संकटग्रस्त क्षेत्र, बीर अस्पताल अनि सिविल अस्पतालमा पानीको बोतल अनि खानाको प्याकेट आपदा पीडितहरूलाई वितरण गरियो । टिचिङ अस्पतालमा स्वयंसेवकहरूले एउटा दोकान २४ घण्टका लागि स्थापित गरेर दिनैभरि नै पीडितहरूका निम्ति खानाको व्यवस्था मिलाए ।

यस अतिरिक्त स्वयंसेवकहरू गोरखामा रहेका पीडितहरूलाई पनि राहत प्रदान गर्न पुगे । ‘हामी जहाँसम्म पुग्न सक्छौं त्यहाँसम्म राहत सामग्री अनि औषधी पुऱ्याइरहेका छौं, विभिन्न क्षेत्रहरू कावरी, ढाडिया, बालाजु आदि स्थानहरूमा राहतको कार्यमा जुटेका छन् भने हामी यस स्थानमा मास्क, पानी, खाना, औषधी अनि साबुन आदि सामग्रीहरू पुराइहेका छौं, विनाशकारी भुइँचालोपछिको स्थितिसँग जुध्न हामी पूरा तयारी गर्दै छौं’ सन्तोष शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment