Comments Add Comment

भूइँचालो अघि र पछि उपत्यकाको अनुहार …. (फोटो कथा)

Dharahara_650

श्रीधर पौडेल/अनलाइनखबर 

काठमाडौं । धरहरा, स्वयम्भूदेखि भक्तपुरको ५५ झ्याले दरबार नेपालको गहना थियो । नेपाली कला र ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरुले सबैको मन लोभ्याउँथ्यो । त्यसलाई हेर्न मानिसहरु विश्वका जुनसुकै कुनाबाट पनि नेपाल आउन गरेका थिए ।

तर, वैशाख १२ गतेको विनाशकारी भूकम्पले जनधनको क्षति मात्र भएन, नेपालको अनुहार भनेर चिनिने ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरु क्षतिग्रस्त भएका छन् ।

नौतले धरहरा ढलेको छ । बसन्तपुर दरबारमा भत्किएको छ भने काठमाण्डपसहितका त्यस क्षेत्रका मन्दिरहरु भग्नावशेषमा परिणत भएको छ ।

Basantapur-2

हाम्रा शहर र वस्तीहरुको अनुहार प्रकृतिले एसिड छर्केजस्तै विद्रूप बनेका छन् । अनलाइनखबरकर्मी श्रीधर पौडेलले काठमाडाैंका केही सांस्कृतिक धरोहरहरुको भग्नावशेषमा पुगेर पहिले र अहिलेका दृश्यहरुलाई संयोजन गरेका छन् ।

आशासँगै कामना गरौं, सरकारले गरेको प्रतिवद्धता अनुरुप आगामी पाँच वर्षभित्र फेरि यी धरोहरहरुलाई ‘पहिले र अहिले’ भनेर तुलना गर्दा हाम्रा सामु सुन्दर परिदृश्य झल्कियोस् ।

Shyambhu
भूकम्पले स्वयम्भूको मुख्य स्तुपा केही ढल्किएको छ । तर, सँगैको एक स्तुप भने भत्किएको छ
Basantapur 1
बसन्तपुर क्षेत्रमा भएको इन्द्रजात्राका क्रममा दश अवतार देखाउने मन्दिर भूकम्पले भत्किएको छ ।
Basantapur Darbar
भूकम्पले भत्किएको बसन्तपुर दरबार ।
Bhaktpur 55 jhyale darbar
भक्तपुर दरवारस्वायर हाताभित्र रहेको गुठी घर

Basantapur

Bhaktpur Darbar 1
बसन्तपुरको नौतले दरबार भूकम्प अघि र पछि
Bhaktpur, Fasidawal
भक्तपुर दरबार स्वाक्यर दरबार क्षेत्रमा रहेको फसीदेवल भूकम्पले भत्किएको छ
Kalbhairab
हनुमानढोकाको कालभैरव
Kastamandap
बसन्तपुर क्षेत्रमा रहेका काष्टमाण्डप भूकम्पले पूर्ण रूपमा ध्वस्त भएको छ ।

Bhaktpur Darbar Square

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment