Comments Add Comment

एनआरएनए नर्बेको अध्यक्षमा कुमार पण्डित विजयी

nrn-norveyबसन्त रानाभाट 

बार्सिलोना ।  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् नर्वेको चोथौ अधिबेशनबाट कुमार पण्डित अध्यक्षमा निर्बाचित भएका छन्। अध्यक्षका अर्का प्रत्यासी संजीब थापालाई ५१ मतले हराउँदै पण्डित बिजयी भएका हुन्। पण्डित संघका सस्थापक एबं निबर्तमान उपाध्यक्ष (दोस्रो) हुन् भने थापा बरिष्ट उपाध्यक्ष थिए।

अधिवेशनबाट कार्यसमतिको वरिष्ट उपाध्यक्षमा शालिग्राम अर्याल, महासचिवमा द्वारिका महर्जन, कोषाध्यक्ष राजेन्द्र क्षेत्री, महिला संयोजक रोशनी धौबंजार र युवा संयोजकमा डा. प्रलय रिजाल सर्बसम्मत चयन भएका छन्।

कार्यसमतिको अन्य पदाधिकारी र सदस्यहरुमा सर्बसम्मत भए पनि अध्यक्ष, उपाध्यक्ष (दोस्रो) र सचिव पदका लागि मात्र निर्वाचन प्रकियाबाट टुङ्गो लागेको हो। उपाध्यक्षमा प्रत्यासी रामकृष्णलाई पराजित गर्दै प्रेम परियार र सचिबमा प्रलाद बिष्टलाई हराउँदै रत्न प्रसाद सापकोटा बिजयी भए ।

यस्तै कार्यसमितिका सदस्यहरुमा भुवन श्रेष्ठ, बोधराज खनाल, धुब्र  कार्की, चन्द्र हरि राना, सन्तोष राज उप्रेती,निलकण्ठ अर्याल र दिपेन्द्र क्षेत्री चयन भएका छन्। यस्तै अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा निर्बतमान महासचिव नयन मल्ल चयन भएका छन्।

शनिबार सम्पन्न संघको चौथो राष्ट्रिय अधिबेशनलाई प्रमुख अतिथिको रुपमा गैरआबासीय नेपाली संघ युरोप क्षेत्रीय उप- संयोजक सोम सापकोटाले उद्घाटन गरेका थिए। संघका अध्यक्ष डा. सुरज बहादुर थापाको अध्यक्षतामा सम्पन्न अधिबेशनमा आईसीसी सदस्य चुडामणि लामिछाने,कृष्ण उपाध्याय, प्रोफेसर बिशाल सिटौला,डा. कृष्ण आर्याल, हेम गुरुङ,लेला कुट्लु लगायतले नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिएका थिए।

अधिबेशनमा प्रस्तुत गरिएको अर्थिक तथा बार्षिक प्रतिबेदनमा छलफल गर्दै सर्बसम्मत पारित भएको छ। भने नब निर्बाचित कार्यसमितिका पदाधिकारीहरुलाई युरोप उप- संयोजक सापकोटाले सपथ गराउँदै प्रमाण पत्र प्रदान गरेका थिऍ ।

भूकम्पमा ज्यान गएकाहरुलार्इ सम्झियाे 

अधिबेशनमा नेपालमा गएको महा भूकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झना गरियो। मृतात्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले पटकपटक देशलाई सम्झिएका थिए। गैरआवासीय नेपाली संघले नेपालमा भूकम्प पीडितहरुलाई राहत बाँडेर सहयोग पुर्याएको भन्दै कार्यक्रममा बोल्ने बक्ताहरुले उच्च प्रशंसा गरेका थिए।

कार्यक्रमबाट भूकम्प परी घाईते भएकाहरुको उपाचार एबं घरबार बिहिन हजारौ नेपालीहरु उचित बसोबास सहित ब्यबस्थापन गर्न सबैको ध्यान जानु पर्नेमा जोड दिईएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment