Comments Add Comment

ऐश्वर्याको फिल्मको पोष्टर क्यान्समा, दर्शकलाई फ्ल्लाङई किस उपहार

ऐश्वर्या राय
ऐश्वर्या राय

मुम्बई । अभिनेत्री ऐश्वर्या राय बच्चनले अभिनय गरेको चलचित्र ‘जज्बा’ को पोष्टर क्यान्स फिल्म फेष्टिवलमा सार्वजनिक गरिएको छ ।

सोही कार्यक्रममा उपस्थित भएकी ऐश्वार्याले दर्शकलाई फ्ल्लाईङ किस दिएकी छिन् । हरियो गाउनमा कार्यक्रममा सहभागी भएकी ऐश्वर्याले फ्लाईङ किस दिएरै दर्शकलाई अभिवादन गरिन् ।

४१ वषिर्य वषिर्य यी अभिनेत्रीले लामो अन्तरालपछि एक्सन थ्रीलर फिल्ममा काम गरेकी छिन् । सञ्जय गुप्ताको निर्देशनमा निर्माण भएको यो फिल्म ऐश्वर्याको करियरको महत्वपूर्ण फिल्म हो जसले उनको कमब्याक सफल वा असफल सावित गरिदिने छ ।

आउँदो नौ अक्टोवरमा रिलिज गर्ने योजना रहेको यो फिल्ममा ऐश्वर्याले मुख्य भुमिका निर्वाह गरेकी छिन् । यस फिल्ममा शवाना आज्मी,इरफान खान, अतुल कुलकणर्ी, अभिमन्यु सिंह लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment