Comments Add Comment

सगरमाथाको पर्यटनमा भूइँचालाेकाे असर (फोटो कथा)

960_Shivalaya

पुष्प दुलाल

७ जेठ, रामेछाप । रामेछापको चुचुरे गाविसस्थित पर्यटकीय नगरी शिवालय बजार भूकम्पले ध्वस्त भएको छ । यो बजार, दोलखाको जिरीदेखि सुरु हुने सर्वोच्च शिखर सगरमाथा पदयात्राको नौ वटा शिविरमध्येको पहिलो आधार शिविर (बेस क्याम्प) हो ।

पर्यटकीय सिजनमा शिवालयमा दैनिक चारदेखि पाँच सय पर्यटकहरु आउने स्थानीय चुचुरे होटलका घनश्याम कार्कीले अनलाइनखबरलाई जानकारी दिए ।

shivalaya (2)‘पर्यटकीय सिजनमा विदेशीहरुको ताँती देख्दा जो कोहीलाई पनि यो बजार युरोपजस्तो लाग्थ्यो ।’ कार्कीले भने- ‘भूकम्पले मसान घाटजस्तो बनाइदियो ।’  खिम्ती खोलाको किनारमा रहेको यो बजारभन्दा पारि दोलखा जिल्ला पर्छ ।

कार्कीका अनुसार यस बजारमा ८२ घर थिए । जसमध्ये न्यूनतम ८ देखि अधिकतम ३५ बेड क्षमता भएका ६१ घरमा होटल थिए । कार्कीको चुचुरे होटल शिवालयको सबैभन्दा बढी बेड क्षमता भएको होटल हो । यहाँका व्यवसायी पर्यटकमा आस्रित रहेको उनले जानकारी दिए ।

shivalaya (14)राहत वितरणका लागि गएको हिमाल उर्जा विकास कम्पनीलाई त्रिपालमुनि खाना पकाएर खुवाउँदै कार्कीले दुखेसो पोखे -‘घर भत्कियो, पर्यटक पनि छैनन् । अब कसरी बाँच्ने होला ?’

यो बजारमा रहेका मध्ये भर्खरै बनेको प्रहरी चौकीमात्रै बस्न योग्य भएको उद्दारमा खटिएका नेपाली सेनाका क्याप्टेन रोशन टण्डनले जानकारी दिए । उनको टोली  बैशाख २३ गते धनकुटाबाट उद्दारका लागि शिवालय आइपुगेको हो ।

‘बैशाख १२ र १३ गतेको भूकम्पले यो बजारलाई त्यति ठूलो क्षति गरेको थिएन ।’ टन्डनले भने- २९ गतेको पराकम्पनले ध्वस्त बनाएको छ । सर्वसाधारणका एउटा पनि घर बस्न योग्य छैनन ।’ अगाडि ठाडा देखिएका घरका पछिल्लो भाग खिम्ती खोलामा खसेको छ ।

shivalaya (11)

पहिलो भूकम्पकै कारण त्रसित स्थानीयहरू घर बाहिर बसेकाले मानवीय क्षति भने भएन ।

सेना र नेपाल प्रहरीले राहत वितरणको व्यवस्थापन र स्थानीयको उद्दारका काम गरिरहेका छन् । उनका अनुसार भूकम्पपछि खानेपानी र बासस्थानको हाहाकार भएको थियो । दर्जनाैं घाइतेहरूलार्इ उपचारका लागि हेलिकप्टरबाट कामठमाडाैं पठाइएको उनले जानकारी दिए ।

‘पानीको पाइप पहिरोले चुँडिएछ । खिम्ती खोला पूरै धमिलो थियो । स्थानीयलाई पानी खुवाउनसम्म सेना र प्रहरीलाई हम्मेहम्मे पर्‍यो’ टण्डनले भने । अहिले नेपाली सेनाले क्षतिग्रस्त घरहरुबाट बचेखुचेका सामाग्रीहरु निकालिरहेको छ ।

shivalaya (15)

 shivalaya (18)shivalaya (16)shivalaya (21)

shivalaya (26)shivalaya (5)shivalaya (17)
shivalaya (13)shivalaya (22)shivalaya (9)shivalaya (19)

shivalaya (20)

shivalaya (8)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment