Comments Add Comment

क्रान्तिकारीले बनायो सहिदका छोराछोरी पढ्ने विद्यालय

Sahid-Smriti-Mabi-Dolakha
१९ जेठ, चरिकोट । एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले दोलखाको जिरीस्थित सहिद स्मृति आवासीय माविको भवन पुनर्निर्माण गरी बुधबार हस्तान्तरण गरेको छ । सहिद र वेपत्ता परिवार तथा निम्न आर्थिक अवस्था भएकाका छोराछोरीले पढ्दै आएको सो स्कुल भूकम्पले क्षतिग्रस्त भएको थियो ।

क्रान्तिकारीले विद्यालयको ९ कोठे भवन, छात्रावास र शौचालय बनाइदिएको हो । एमाओवादी पोलिटव्युरो सदस्य गणेशमान पुनले प्रधानाध्यापक हिराराज दाहाललाई विद्यालय हस्तान्तरण गरे ।

सो विद्यालयमा २५० जना विद्यार्थी पढ्दै आएका छन् । दोलखाको विकट स्थानमा पर्ने सो विद्यालय भवन भत्किएपछि उनीहरुको बिचल्ली भएको थियो ।

‘राजनीतिक परिवर्तन ल्याउन जीवन बलिदान दिने सहिदका छोराछोरी पढ्ने विद्यालय पुनर्निर्माण गर्न पाउादा गौरवको अनुभूति भएको छ,’ अखिल क्रान्तिकारीका नेता दिपेश पुनले भने ।

उनले अब अखिल क्रान्तिकारीको टोली सिंगटीको विद्यालय पुनर्निर्माणमा खटिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment