Comments Add Comment

अस्पतालको प्रसूति कक्षमा श्ययाको अभाव

२५ जेठ, धनगढी । सेती अञ्चल अस्पताल धनगढीको प्रसूति कक्षमा श्ययाको अभाव भएपछि एउटै श्ययामा दुई सुत्केरी राखेर उपचार गर्नुपरेको छ ।
preg
चर्को गर्मी बढेका बेला एउटै श्ययामा दुई सुत्केरी र शिशु राखेर उपचार गराउँदा आफूहरुको स्वास्थ्य जाँचमा समस्या सिर्जना भएको पीडितले बताएका छन् । सुदूरपश्चिमाञ्चालकै सबैभन्दा सुविधासम्पन्न र ठूलो अस्पतालका रुपमा सेती अञ्चल अस्पताललाई लिने गरिन्छ ।

श्ययाको अभावसँगै आफ्नो शिशु र सुत्केरी पत्नीको समयमै स्वास्थ्य जाँच हुन नसकेको अञ्चल अस्पतालमा भेटिएका कञ्चनपुरका जनकराज भट्टले गुनासो गरे । सेवा लिन अस्पताल पुग्ने सुत्केरी र तिनका कुरुवाप्रति कर्मचारीले समेत रुखो व्यवहार गरेको पीडितले बताएका छन् । “ सुत्केरी र शिशुको स्वास्थ्य जाँच पनि समयमै हुँदैन, डाक्टर बोलाइदिन आग्रह गर्दा वार्डका महिला कर्मचारीले रुखो व्यवहार गर्छन्”, डोटीबाट अस्पताल पुगेका पदमबहादुर बुढामगरले गुनासो सुनाए ।

सुत्केरीको चाप बढ्दा ती महिलाको सहज उपचारमा कतिपय समयमा समस्या सिर्जना हुने गरेको अस्पतालका स्वास्थ्यकर्मी स्वीकार गर्छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा गणेशबहादुर सिंहले यस महिनामा सुत्केरी हुनेको चाप बढेकाले श्ययाको अभाव भएको देखिए पनि उपचारमा कुनै कमी हुन नदिइएको बताए । अञ्चल अस्पतालको प्रसूति वार्डमा ७३ श्यया छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment