Comments Add Comment

न्युजर्सी नेपाली समाजद्वारा राहत हस्तान्तरण

NEWJURCEY NEPALI SOCIETY-USA

वासिङगटन डीसी । न्युजर्सी नेपाली समाजले भूकम्पपीडितहरुको सहयोगार्थ एडिसन वरपर बसोबास गर्ने विभिन्न व्यक्ति तथा ब्यवसायबाट संकलित गरेको रकम संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदुत डा. अर्जुनकुमार कार्कीलार्इ हस्तान्तरण गरेको छ ।

समाजले आफ्ना सदस्य तथा एडिसन आसपास बसोबास गर्ने नेपाली जनसमुदायको सक्रियतामा कूल १६ हजार ५ सय ७९ अमेरिकी डलर संकलित भएको जनाएको छ ।

संकलित रकम मध्येबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने गरी संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत कार्कीलाई अमेरिकी डलर ११ हजार ५ सय ७७ को चेक हस्तान्तरण गरिएको छ ।

NEWJURCEY NEPALI SOCIETY-USA-2बाँकी रकम अमेरिकी डलर ५ हजार दुर्इ नेपालमा राहत तथा पुननिर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको गैरआवासीय नेपाली संघ अमेरिकालाई संघका निबर्तमान अध्यक्ष खगेन्द्र जीसीमार्फत हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा राजदूत कार्कीसहित कन्सुलेट जनरल अफ नेपाल न्युयोर्क अफिसका भाईस काउन्सुलर प्रविन भट्टराई, गैरआवासीय नेपाली संघ अमेरिकाका निबर्तमान अध्यक्ष खगेन्द्र जीसी, फ्रेन्ड्स अफ नेपालका अध्यक्ष डा. तुलसी महर्जन, महिला संस्थाकी अध्यक्ष डा.बिष्णुमायाँ परियार लगायतको उपस्थिति थियो ।

रकम संकलन तथा हस्तान्तरण कार्यक्रम न्यूजर्सी नेपाली समाज, अमेरिकाका श्याम कार्की, रिसम बस्नेत, मदन भुर्तेल, कृष्णप्रसाद लामिछाने,  राम गुरुङ, सम्झना श्रेष्ठ, टीकाप्रसाद आचार्यलगायत अन्य महानुभावहरुको सक्रियतामा आयोजना गरिएको थियो।

–कृष्ण प्रसाद लामिछाने/ टिकाप्रसाद आचार्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment