Comments Add Comment

अमेरिका पुग्दा करिश्माले आफैमा देखेका भिन्न अनुहार

book (4)नायिका करिश्मा मानन्धर अमेरिका पुगेर लामो समय बसिन् । अमेरिका पुग्दा उनले आफ्नो एक अनुहारमा भिन्न खालका चरित्र देखेकी रहिछन् । लेखक अश्विनी कोइरालाको ‘जुकरवर्ग क्याफे’ सार्वजनिक कार्यक्रममा उनले यो कुरा खोलेकी हुन् ।

यो पुस्तकको एक कथा अंशमा एउटै यूवतीको ४ चरित्र देखाइएको छ । मानिसको अनुहार एउटा भएपनि उसले त्यसमा विभिन्न खालका चरित्र बोक्ने कथालाई उल्लेख गरिएको छ ।

करिश्माले पनि यही सन्र्दभमा यो कुरा खोलेकी हुन् । अमेरिका पुग्दा उनले आफूभित्र भिन्न खालका चरित्र देखेको बताइन् । उनले भनिन्-‘मैले कतै आमा त कतै असल श्रीमती अनी कतै घिनलाग्दी महिलाको अनुहार आफै भित्र देखेकी थिएँ ।’

पुस्तकको कथासँग आफ्नो सन्दर्भ जोड्दै करिश्माले मानिसको अनुहार एउटै भएपनि त्यसभित्र थुप्रै चरित्र लुक्ने गरेको उनले खुलाइन् । एउटै अनुहार बोकेर पनि मानिसले थुप्रै खालका चरित्र बोक्ने गरेको तर त्यो आफैले देख्न नसक्ने करिश्माको कथन थियो ।

‘जुकरबर्ग क्याफे’ सार्वजनिक, ‘सन्नी लियोन’देखि ‘म्याक्सीवाली’को कथासम्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment