+
+

‘जुकरबर्ग क्याफे’ सार्वजनिक, ‘सन्नी लियोन’देखि ‘म्याक्सीवाली’को कथासम्म

अनलाइनखबर अनलाइनखबर
२०७२ असार ३ गते १७:२८

book (2)
पत्रकार अश्विनी कोइरालाले लेखेको पुस्तक ‘जुकरबर्ग क्याफे’ सार्वजनिक भएको छ । बजारमा आएको केही समयपछि एक कार्यक्रम आयोजना गर्दै पुस्तक सार्वजनिक गरिएको हो । नायिका करिश्मा मानन्धर र कान्तिपुर साप्ताहिकका सम्पादक सुवास ढकालले क्याफे शैलीमा यो कथा संग्रहको बिमोचन गरेका हुन् ।

यसअघि ‘उनी’ नामक पुस्तक लेखेका अश्विनीले यो पुस्तकमा विभिन्न कथाहरु प्रस्तुत गरेका छन् । ३ सय रुपैयाँमा किन्न सकिने यो पुस्तकमा २१३ पृष्ठ छन् ।

कार्यक्रममा पुस्तकको बारेमा लेखकद्वय वुद्धिसागर र सुविन भट्टराइले टिप्पणी गरेका थिए । बुक हिलले प्रकाशन गरेको यो पुस्तकको पहिलो संकरण विक्री भएको बताइएको छ । पुस्तक बिमोचन नगर्दै ५ हजारप्रति विक्री भैसकेको वुक हिलले जानकारी दिएको छ ।

book (1)
नायिका करिश्मा मानन्धरले आफूले यो पुस्तक पढेर डुब्न चाहेको बताइन् । उनले बजारमा पुस्तक खोज्दा पढ्नलायक पाउन मुश्किल भएको बताइन् ।

लेखक अश्विनी कोइरालाले यो पुस्तक बौद्धिक बर्गलाई मनपर्ला भनेर बजारमा नल्याएको बताए । उनले आफ्नो पुस्तकको लक्षित बर्ग १६ देखि २५ बर्षका यूवायूवती भएको बताए ।

पुस्तकमा पोर्न स्टार सन्नी लियोनीको कथादेखि म्याक्सीवालीको कथा समेत समावेश गरिएको छ । पुस्तक पढ्दा पाठक हराउने र यसलाई मन पराउने विश्वास लेखक कोइरालाले लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?