Comments Add Comment

च्याउ खाएर एकै परिवारका चार बिरामी

११ असार, म्याग्दी । म्याग्दीको बरंजा–२ मा जङ्गली च्याउ खाँदा एकै घरका चारजना बिरामी भएका छन् ।

बिहीबार दिउँसो गाउँ नजिकैको जङ्गलबाट ल्याएको च्याउ पकाएर खाजा खाएका ७० वर्षीय तुलबहादुर थापा, उनका नातिहरु ११ वर्षीय योगेश, आठ वर्षीय अमन र सात वर्षीय राहुल थापा बिरामी भएका हुन् ।

बिरामी चार जनाको मणिपाल शिक्षण अस्पताल पोखराको सघन उपचार कक्षमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
साँझ जिल्ला अस्पतालमा सामान्य उपचारपछि उनीहरूलाई थप उपचारका लागि पोखरा पठाएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment