Comments Add Comment

राहत दिनेले वितरण भएनभएको खबरदारी गर्नुपर्छ : प्रधानमन्त्री

१२ असार, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले देश विदेशबाट पीडितहरुलाई राहत पठाउनेले त्यसको सही प्रयोग भए नभएकोबारे खबरदारी गर्नुपर्ने बताएका छन् ।
Susil
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत सहयोग प्रदान गर्न गएको भारतको नेपाली जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डेसहितको टोलीसँग कुरा गर्दै प्रधानमन्त्रीले आफूले पठाएको रकम र सामग्री पुगे नपुगेको निगरानी गर्न र आफू सीधै गएर राहत वितरण गर्नुभन्दा सरकारको एकद्धार नीति अनुरुप जिल्लामा पनि प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरेर वितरणमा जान आग्रह गरे ।

कोइरालाले भूकम्प पीडित नेपाली नागरिकको नाममा नेपाली तथा विदेशी नागरिकहरुले पठाएको राहत रकम तथा सामग्रीको कसैले पनि दुरुपयोग गर्न नपाउँने भन्दै त्यसका लागि सबैले खबरदारी गर्नुपर्ने बताए ।

सम्पर्क समितिले नेपाली राजदूतावास नयाँदिल्ली मार्फत प्रधानमन्त्री दैवी  राहत कोषमा ५ लाख ११ हजार १ सय ३१ र एक लाख ६० हजार प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरी सहयोग गरेको छ ।

नेपाली जन सम्पर्क समिति भारतले भूकम्प पीडितहरुको लागि नगद र जिन्सी गरी करिब ९१ लाख ३० हजार रुपैयाको सहयोग गरेको जनाएको छ । समितिले नेपाल दुतावास नयाँ दिल्ली, जिल्ला दैवी प्रकोप समितिसँगको समन्वयमा सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट, काठमाण्डौ, पर्वत, ललितपुर लगायतका जिल्लाहरुमा राहत सामग्री वितरण गरिएको जनाएको छ । समितिले अर्घाखाँची र काठमाण्डौ जिल्लामा लोकमणी घिमिरेको संयोजकतामा स्वास्थ्य शिविरहरु पनि सम्पन्न गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment