Comments Add Comment

संविधानसभामा अवरोध गर्ने राप्रपा नेपालको चेतावनी

१४ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले हिन्दु राष्ट्र, संवैधानिक राजतन्त्रलगायत विषयमा आफूहरुलाई मत विभाजन गर्न नदिए संविधानसभामा अवरोध गर्ने चेतावनी दिएको छ ।

कमल थापा, अध्यक्ष, राप्रपा नेपाल । फाइल तस्वीर
कमल थापा, अध्यक्ष, राप्रपा नेपाल । फाइल तस्वीर

राप्रपा नेपाल संसदीय दल र पदाधिकारीको सोमबार सिंहदरबारमा बसेको संयुक्त बैठकले संघीयताभन्दा पनि स्थानीय स्वायत्त शासन विधिलाई अगाडि बढाउन र सो सम्बन्धमा मत विभाजन गरेर बहस तथा छलफलमा भाग लिन पाउनुपर्ने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष कमल थापाले आफूहरुको मागको सम्बन्धमा संविधानसभा बैठकमा आवाज उठाउने बताए ।

प्रमुख सचेतक दिलनाथ गिरीले मस्यौदा समितिमा समेत केही दलले अरु दलको विचार तथा मान्यतालाई अस्वीकार गरेकाले बाध्य भएर विरोध गर्नुपरेको बताए ।

बैठकले राजतन्त्र, हिन्दूराष्ट्रलगायतका विषयमा जनमतसंग्रह गरी त्यसको व्यवस्था नयाँ संविधानमा उल्लेख गर्नुपर्ने माग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment