Comments Add Comment

जाजरकोटका ग्रामिण सडक बन्द, गाउँमा खाद्यान्न अभाव

Jajarkot

  • बाटो बन्द भएर गाडी नचलेपछि पैदल यात्रा गर्दै जाजरकोटबासी

बी.बी. गिरी
१५ असार, जाजरकोट । रोकायगाउँ ७ का धनबहादुर थापा गाउँमा नुन तेल नपाएपछि तीन दिन पैदल हिँडेर सदरमुकाम खलंगा आइपुगे । अब वर्षासम्म पुग्ने खाद्यान्न लगेर गाउँ फर्किने योजना छ उनको ।

ग्रामिण सडकहरु बन्द भएर गाउँमा नुन, तेल, चामल अभाव भएपछि थापाजस्तै धेरै जाजरकोटबासी खानेकुरा खोज्दै सदरमुकामसम्म धाउन बाध्य छन् ।

वर्षाका कारण खोलानाला बढेपछि र पहिरो गएपछि जाजरकोटका अधिकांश ग्रामिण सडकहरु बन्द छन् । खलंगा-पाँचकाटिया, खलंगा-रिम्ना, स्याउली-फेरा, छेडा-मोर्क, कुदु-जगतिपुर लगायतका दर्जन बढी सडकहरु बन्द छन् । छिन्चु-जाजरकोट सडकखण्डको भेरी नदीमा संचालित फेरी पनि बन्द छ ।

ग्रामिण सडकमा यातायातका साधन नचल्दा खाद्य सामाग्री ढुवानी हुन सकेको छैन । खच्चडबाट गाउँमा ढुवानी गरिएका सामान पनि पर्याप्त नहुँदा महंगी बढेको छ ।

गाउँका खाद्य डिपोमा सरकारी अनुदानको चामल नपाइने र बजारमा पनि ब्यापारीले चामल ल्याउन नसक्दा खाद्यान्न संकट परेको नायकवाडा १ का लोकबहादुर सिंहले अनलाइनखबरलाई बताए ।

सडक यातायात सहज नहुदा ग्रामिण क्षेत्रमा उत्पादित कृषि जन्य बस्तुको बिक्री बितरणमा समस्या हुने गरेको छ । यातायात नचल्दा ग्रामिण क्षेत्रमा उत्पादित तरकारी तथा जडिबुटी निकासी गर्न समस्या परेको स्थानीयको भनाइ छ ।

‘गाउँमा तरकारी उत्पादन राम्रो छ, ढुवानीको समस्याले बारीमा कुहिने गर्छ,’ पुन्मा ४ का विश्वप्रकाश मल्लले भने ।

गाउँसम्मको यातायात सेवा अबरुद्ध भएपछि बिरामीको उपचारमा समेत समस्या परेको छ । दुर्गम गाउँबाट बिरामीलाई उपचारको लागि डोकोमा बोकेर सदरमुकाम ल्याउनु पर्ने बाध्यता छ । यस्तोबेला समयमा उपचार नपाएर कतिपय बिरामीको अकालमा ज्यान जाने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment