Comments Add Comment

अर्काकी श्रीमती भगाउने हिरोहरु

मुम्बई । हाम्रो संस्कारमा परस्त्रीसँगको सम्बन्धलाई नाजायज मानिन्छ । तर, बलिउडको फिल्मी दुनियाँले यस्ता नाजायज सम्बन्धलाई पचाई सकेको छ । परस्त्रीसँगको सम्बन्धका बिषय सवैजसो फिल्ममा नछुटने बिषय हुन् । पर्दामा यस्ता बिषय रुचाइएपनि समाज त्यति सजिलै पच्दैन् ।

बलिउडमा केही नायक नायिका छन् जसले रिलमा मात्रै हैन रियलमा पनि अर्काकै श्रीमति रोजे । अर्काको घर बिगारेर आफ्नो घर बसाल्ने कलाकारको जोडी यस्तो छ ।

sanjaydutt-new-read

सञ्जय दत्त- मान्यता: अहिले मान्यता सञ्जय दत्तकी श्रीमति हुन् । मान्यताले सञ्जयसँग बिबाह गर्नु अघि मिराज उर रहमान शेखसँग बिबाह गरेकी थिईन् ।

शेखले खुसी नदिएको भन्दै सञ्जयसँग दोस्रो बिहे गरेकी थिईन् उनले । सञ्जय र मान्यताले बिवाह गर्दासम्म पनि उनीहरुवीच सम्बन्ध विच्छेद भएको थिएन । जसले गर्दा शेखले मान्यता र सञ्जयको बिवाह अबैध भएको बताएका थिए । तर, अदालतले सञ्जय र मान्यताको बिबाहलाई वैधानिकता दिएको थियो ।

अनुपम खेर- किरण खेरः अनुपम खेर र किरण खेरको बैबाहिक जीवन पनि फिल्मी शैलीको छ । किरणको पहिलो बिबाह मुम्बईका ब्यबसायी गौतम बेरीसँग भएको थियो । तर, बिबाह गरेको एक वर्षमै उनीहरुले सम्बन्ध बिच्छेद गरे । थिएटरमा काम गर्दा नै साथी बनेका अनुपमले पछि किरणलाई बिहे गरे भने किरणको एक सन्तानलाई समेत अपनाए ।

मिथुन चक्रवर्ती- योगीता बाली: डिस्को डान्सर मिथुन चक्रबर्तीले किशोर कुमारको तेस्री श्रीमति योगीता बालीसँग बिबाह गरेका थिए । योगिता र किशोर कुमारले सन् १९७६ मा बिबाह गरेका थिए भने बिबाहको दुई वर्षपछि नै उनीहरु अलग भएका थिए । सन् १९८९ मा योगीताले मिथुनसँग बिबाह गरेकी थिईन् ।

mithun

गुलजार-राखीः राखीले पहिलो बिबाह बंगाली फिल्म निर्देशक अजय विश्वाससँग गरेकी थिईन् । पहिलो घरवार बिग्रेपछि गुलजारसंग बिहे गरेकी राखीको दोस्रो बैबाहिक जीपन पनि सफल हुन सकेन । उनीहरु बिबाहको एक वर्षपछि छुटि्टएका थिए ।

समीर सोनी- नीलम : समीर सोनीले मोडल राज्यलक्ष्मी खानविलाससँग बिबाह गरे पनि ६ महिनामै सम्बन्ध टुट्यो । लगत्तै समीरले निलम कोठारीसँग बिबाह गरेका थिए । तर, समीर र निलमको बिबाह पनि लामो समयसम्म टिक्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment